तीनमन्त्रीले सरकारकै बेईज्जत
काठमाडौं । भ्रष्टाचार सम्बन्धि पुरानो मुद्धा खेप्दै आएका वर्तमान सुचना तथा संाचार मन्त्री जयप्रकाश प्रसाद गुप्ता जेल यात्रामा जालान् यो भने सर्वाधिक चर्चाको विषय बनेको छ त्यसो त तराईका २२ जिल्लालाई टुक्राउने धम्की दिएका रक्षामन्त्री शरदिसंह भण्डारी हुन या काँसी तिवारीलाई हत्या गर्न निर्देशन दिएका भुमिसुधारमन्त्री प्रभु साहले आफ्नो पदबाट राजीनामा दिन्छन कि दिँदैनन सोचनीय बिषय बनेको छ । सत्ता भनेपछि प्राय हुरुक्क देखिने मधेशी दलका नेताहरुको मनपरी तन्त्र कायमै रहेको यी तीन मन्त्रीको उदाहारणबाट प्रष्ट हुन्छ । नैतिकताका आधारमा गुप्ता भण्डारी साहले राजीनामा दिएर बस्नुपर्नेमा सरकारले समेत यी मन्त्रीहरुलाई सजायँ दिनुपर्ने हो तर
बाबुराम भट्टराईको सरकार यतिबेला कानमा तेल हालेर बसेको छ । भट्टराईलाई जुनसुकै हत्कण्डा प्रयोग गरेर भएपनि सरकारको आयु लम्ब्याउनु बाहेक देखिदैन । त्यो कुरा त मोर्चासँग भट्टराई समुहले
गरेको गठबन्धनबाट प्रष्ट भइसकेको छ । मन्त्रीपरिषदमा ठुलै स्थान मानिने सुचना तथा संाचार मन्त्रीको जिम्मेवारीमा रहेका गुप्ता हिजो आज तनावमा छन् भने यो पनि सर्वाधिक चर्चाकै विषय हुन् । तर गुप्तालाई जेल पठाउन कसले चाहन्छन् यो सबैभन्दा बढी खोजी को विषय बन्न पुगेको छ । वाहिरी आवरणमा जति सुकै शान अनि मानले वोल्ने गरेता पनि गुप्ताको भित्रि मन भनॆ चिन्तामग्न रहेको छ एक निकट सहयोगीले बताए । खासगरी मन्त्री बन्न नदिएका भनी आक्रोशीत रहेका
राजकिशोर यादव कुनै पनि हालतमा गुप्ता जेल जाओस भनी चाहना रहेको यादवले सार्वजनीक स्थानमा नै विचार प्रस्तुत गरे । त्यसपछि उनी एक घटकको रुपमा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको आन्तरिक चाहना समेत गुप्ता जेल जाओस रहेको छ । मोर्चाका एकजना वरिष्ठ नेताले विराटनगरमा औपचारिक रुपमा भनिहाले गुप्ताजीले भ्रष्ट्राचार
गरेको छ भने अवश्य जेल जाने छन् । यसमा मोर्चाको कुनै प्रतिकि्रया हुनेछैन । अनौपचारीक कुराकानीका क्रममा उक्त नेताको भनाई थियो ः गुप्ता जेल गए मोर्चाको हितकै विषय हो । समाचार श्रोतलाई मान्ने हो भने मोर्चामा सहभागी दलकै कयौ नेताहरुले अख्तियार देखि अदालत सम्म धाई गुप्तालाई जेल पठाउने प्रयासमा सहयोग गरिरहेका छन् । गुप्ताले मोर्चाको बैठक बसी यस विषयमा छलफल गर्ने मनसाय बनाए पनि मोर्चाका नेताहरु बस्न नचाहेको श्रोतले बतायो । शुक्रबार को बैठकमा समेत गुप्ताले आफ्नो मुद्धा बारे पनि छलफल गर्न चाहेका थिए तर अन्य नेताहरुले उनलाई साथ दिएनन् । मन्त्रालयमा पनि खासै कुनै गतिविधी नगर्नु तथा हरेक वक्तव्यहरु असन्तुष्टि भाषामा प्रस्तुत गर्नुले पनि केही अवश्य पनि संकेत गरेको एकजना विश्लेषकले अभियान टाइम्सलाई बताए । मन्त्रीपरिषदमा संाचारमन्त्रीको रुपमा सपथ लिएको लामो समय बितिसक्दा पनि उनले अहिले सम्म संाचार सल्लाहकार सम्म नियुक्त गरेका छैनन् । मन्त्रीले सपथ लिएको दोस्रो दिन देखि नै
रेडियो नेपालको घटना र विचार टिम परिवर्तन हुने परम्परा रहेको छ । तर गुप्ताले परिवर्तन गरेका छैनन् । किनकी उनि व्यक्तिगत कार्यमा व्यस्त छन् । मन्त्रालयकै एक कर्मचारीले अभियान टाइम्सका प्रतिनिधिसँग भने । मन्त्रालयका कतिपय काममा ब्यक्तिगत तनावले कामै गर्न नरुचाएको समेत ती कर्मचारीले बताए ।
No comments:
Post a Comment