भाद्र २७ गते नेपाली कांग्रेस धनकुटाको प्रथम जिल्ला सम्मेलनले संगठन विस्तार तथा सुदृढीकरण गर्नका लागी २५ बुदे घोषणा पत्र जारी गरी कि्रयाशिल भएको छ ।
नेपाली कांग्रेस धनकुटाको प्रथम जिल्ला सम्मेलन धनकुटालाई संघिय राजधानी बनाउने शान्ति र संविधान निर्माण लगायत पार्टी संगठन विस्तार तथा सुदृढीकरण सम्वन्धि २५ बुदे धनकुटा घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
धनकुटालाई संघिय राजधानी बनाउन पहल गर्नेर्वतमान सरकार शान्ति र संविधान निर्माण गर्न असफल हुदै गएकाले राष्टिय सहमती कायम गरी शान्ति र संविधान निर्माण जुट्न प्रमुख राजनैतिक दलहरुलाई आग्रह गर्ने नेपाली कांग्रेस धनकुटाको संगठन अझ सुदृढीकरण गरी सशक्त बनाउदै शान्ति र संविधान निर्माणमा दवाव मुलुक कार्यक्रम संचालन गर्ने जिल्लामा शान्ति सुरक्षा कायम गरी विकास निर्माण संचालन गर्न पहल गर्ने लगायतका २५ वुदे धनकुटा घोषणा पत्र जारीगर्दै जिल्ला सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेसका प्रचार विभागप्रमुख विजय सन्तोषी राईले वताउनु भयो ।
नेपाली कांग्रेसका सभापती मनोहर नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनमा जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरुमहाधिवेशन तथा महासमिति सदस्यहरुक्षेत्रीय सभापती गाउ तथा नगर समितिवडा समितिका सपभातीहरुभात्तॄ तथा सुभेच्छुक संस्थाका प्रमुखहरु नगर तथा ३५ वटा गाउ कार्य समितिका सभापतीहरुले आ आफ्नो धारणा राख्दै जनता र कार्यकर्ताको भावना र चाहना अनुरुप पार्टीलाई आगाडी वढाउनु पर्ने सुझाव दिनु भएको नेपाली कांग्रेस धनकुटाका सचिव नविन किशोर शाक्यले वताउनु भयो ।
जिल्ला सम्मेलनका सहभागीहरुले उठाउनु भएको विषयमा नेपाली कांग्रेस धनकुटाका सल्लाहकार गोपाल प्रसाद अधिकारी विश्व प्रकाश श्रेष्ठ सभापति मनोहर नारायण श्रेष्ठ कोषाध्यक्ष विकास प्रधान महासमिति सदस्य आनन्द सन्तोषी राईले सहजीकरण गर्नु भएको उक्त जिल्ला सम्मेलनले नेपाली कांग्रेस धनकुटाले नियमित रुपमा जिल्लाक्षेत्र र गाउ तहरुमा प्रशिक्षण कार्यक्रम गरी अव नया गतिका साथ सशक्त ढंगले अगाडी वढ्ने वताउनु भयो ।
नेपाली कांग्रेसको नया विधानमा प्रत्येक बर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था भए बमोजिम जिल्ला सम्मेलन गरी पार्टीको अन्तरीकर तथा समसामयिक विषयमा छलफल गरी निस्क्रिय रहेका कार्यकर्तालाई उर्जा थप्ने र शिथिल रहेका कार्यकर्ताहरुलाई उर्जा पैदा गरी संगठन विस्तारका लागी २५ बुदे घोषण पत्र जारी गरेको प्रचार विभाग प्रमुख विजय सन्तोषी राईले वताउनु भयो ।
शरु राई
No comments:
Post a Comment