काठमाडौं । बजारमा अन्य बस्तुहरुको मुल्य दिनानुदिन बढेको अबस्थामा राष्ट्रिय स्तरमा प्रकाशित दैनिक पत्रिकाले पनि मुल्य बढाउने भएका छन । निजी स्तरमा प्रकाशित दैनिक पत्रिकाहरुको साजाल मिडिया सोसाईटीले मुल्य बढाउनका लागि सुचना बिभागमा प्रतिवेदन पेश गरेको हो । सोसाईटीले बिभागमा पेश गरेको प्रतिवेदन पारितका लागि प्रकि्रयामा रहेको निकट स्रोतले बतायो ।
निजी स्तरका लगानी रहेको प्रतिष्ठित दैनिक पत्रिकाहरुले पत्रिका निकाल्दा आफुहरुको १० देखि १५ रुपैयाँ खर्च
भैरहेको भन्दै मुल्य बढाउन प्रस्ताव गरेका हुन । आफुहरुले पत्रिका प्रकाशीत गर्दा लागेको खर्च पुर्ति गर्नका लागि पटक पटक बसेको बैठकमा प्रतिष्ठित बिभिन्न पत्रिकाले आफ्नो लागत अनुसारको मुल्य सिफारिस गरेका छन । सुचना बिभागमा पुगेर पारित हुनका लागि प्रकि्रयामा रहेको प्रतिवेदनमा कान्तिपुर दैनिकले मुल्य बढाएर रु।८ रुपैयाँ बनाउनुपर्ने नागरिक दैनिकले रु।७ अन्नपुर्ण दैनिकले ७ रुपैयाँ तथा अन्य राजधानी नयाँ पत्रिका नेपाल समाचारपत्र र हिमालय टाईम्स दैनिकले ६ रुपैयाँ पुर् याउन प्रस्ताव गरेको बिभाग निकट
स्रोतले जानकारी दियो । अहिले प्रतिष्ठित दैनिक पत्रिकाको बजार मुल्य समग्रमा ५ रुपैयाँ भएपनि पत्रिका ब्यबस्थापनमा पुग्दा राजधनीभित्र ३ रुपैयाँ ५० पैसा र राजधानी बाहिरबाट ३ रुपैयाँ हुने गरेको छ । जसका कारण पत्रिकालाई ब्यबस्थापन गरी चलाउन गाह््रो परेकाले मुल्य बढाउन सिफारिस गरिएको पत्रिका साचालकहरुले बताएका छन । पछिल्लो समयमा मुलुकमा छाएको आर्थिक मन्दी पत्रिकामा पनि
परेकोले केही बाहेक धेरै पत्रिका धराशायी बनेका छन । यति सम्म कि त्यहाँ काम गर्ने कामदारलाई ३४ महिना पुग्दा सम्म पारिश्रमिक समेत दिन सकेका छैनन । उता न्यूज २४ टेलिभिजनले छुट्टै मनोराजन च्यानल ल्याउने तयारी सुरु गरेको छ । च्यानल सुरुका लािग टेलिभिजन ब्यबस्थापनले तयारी सुरु गरेको निकट स्रोतले जानकारी दियो । कान्तिपुर टेलिभिजन नेटवर्कका पुर्व प्रबन्ध निर्देशक गणेश अग्रवाल ब्यापक लगानी सहित टेलिभिजनमा भित्रिएपछि ब्यबस्थापनले चलिरहेको न्यूज च्यानललाई ब्यबस्थित पार्दै नयाँ च्यानल सुरुवातको तयारी गरेको हो । न्युज २४ ब्यबस्थापन श्रोतले अभियान टाइम्सलाई दिएको जानकारी अनुसार अग्रवालले चलिरहेको न्यूज च्यानलमा ३० प्रतिशत र नयाँ सुरु हुने मनोराजन च्यानलमा ७० प्रतिशत शेयर राख्ने सम्झौता भएको छ । ब्यबस्थापनले नयाँ च्यानल निमार्णको सुरुवातसँगै म्यान पावर पनि थप्न सुरु गरेको छ । भर्खर मात्र केही समय अगाडि बन्द भएको नेशनल च्यानलका केही भिडियो इडिटिङका कर्मचारीले च्यानलमा आएर काम सुरु गरेको श्रोतले बतायो । यस्तै यही १६ गते शुक्रबारबाट रंगीनमा निस्कन लागेको हिमालय टाइम्स दैनिकमा एन।आर।एन। का पुर्व अध्यक्ष उपेन्द्र महतोले लगानी गर्ने भएका छन । अहिले ब्ल्याक एण्ड ह्वाईटमा निस्किरहेको दैनिकमा पुर्व वातावरणमन्त्री गणेश शाहको आग्रहमा महतोले लगानी गर्न लागेको निकट श्रोतले बतायो । पत्रिकाका प्रकाशक उज्जवल शर्माका जेठान पुर्वमन्त्री शाहको मध्यस्थतामा लगानीका लागि महतोसँग करिब ३४ पटक वार्ता भैसकेको निकट श्रोतले अभियान टाइम्सलाई बतायो । श्रोतका अनुसार लगानी गर्ने बिषयमा महतोले आश्वासन दिएपनि फिक्स भने गरिसकेका छैनन । महतो शाहका बाल्यकालको पढाईका क्लासमेड हुन । महतोसँग पत्रिकाको ब्यबस्थापन पक्षले नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष मुरारी शर्मा र पत्रिकाका प्रकाशकका भाई कुमार सापकोटाको घरमा वार्ता गरेको बताईन्छ । हिमालय टाइम्समा यसभन्दा अगाडि पनि एस।पी। िसंहले लगानी गरी रंगीनमा ल्याउने भनेर कुरा नमिल्दा त्यो हुन सकेको थिएन । प्रकाशन शर्मासँग ४९ प्रतिशत कि ५१ प्रतिशत भन्ने बिषयमा कुरा नमिलेपछि िसंहले अन्नपुर्ण पोष्टमा लगानी गरेका थिए । त्यसैबेलाबाट अन्नपुर्ण पोष्ट चर्चामा आएको हो ।

No comments:
Post a Comment