Monday, September 12, 2011

आफ्नै कारण रामदेव खोलामा

चर्चाको हद कमाएका योग गुरु रामदेव यतिबेला बाटो बिराएर बिना पानीको माछा झैं भएका छन । योगको माध्यमबाट भारतहुँदै छिमेकी मुलुक लगायतमा प्रभाव पार्न सफल रामदेव भारतको राजनीतिमा समेत रुची राखेपछि उनी पछारिएका छन । अन्ततः रामदेव पताजली योगपीठ भारतका साचालक मध्येबाट बारम्बार भनसुन गर्न लगाई गुरु रविशंकर लगायतका योगीको हातबाट जुस पिउँदै आमरण अनसन तोडेका छन । योगको प्रतिभाबाट चरम चुलीमा पुगेका योग गुरु रामदेवले ब्यापक प्रचार प्रसार पाईरहेका थिए भने भारतीय राजनीतिक नेता सरकार लगायतले उनलाई मान्दै आएको थियो । भ्रष्ट्राचार र काला बजारी बिरुद्ध आन्दोलन गर्ने भन्दै जनताको समर्थन जुटाएका उनलाई भारतीय सरकारका मन्त्रीले समेत रामदेवको आवाजप्रति संवेदनशील भएको बताउँदा बताउँदै एकाएक हठयोगीको चित्रण स्वरुप आमरण अनसन बसेपछि सरकारले उनको समुहलाई तितर बितर समेत गरायो । तर अनसनको निरन्तरता दिँदै आएका रामदेव लगायतलाई भारत सरकारले वास्ता नगरेपछि नाटकीय रुपमा अनसन तोडिएको योग बिश्लेषकहरु बताउँदछन ।
भारतका पतन्जली योग पीठबाट सुरुवात गरेको योग तथा आर्युवेद ले उल्लेखनीय सफलता गरेपनि अन्तत रामदेव आफ्नो हर्ष थाम्न नसकी केही नजिकका भनिेनेको प्रभावमा राजनीति गर्न खोजेको आरोपसँगै उनी देशद्रोही र अपराधी सरहको बिल्ला भिर्ने भएका छन । रामदेवका प्रमुख सहयोगी बालकृष्ण सुवेदीआचार्य सहित छिमेकी मुलुकहरुमा समेत ब्यापक चर्चा हुन लागिरहेको देखिन्छ । कुनैबेला रामदेवले गौतम बुद्धका बारेमा अनावश्यक टिप्पणी गरेर चर्चा परिचर्चा बटुलेका थिए भने एक समय नेपालको नक्सा नै भारतमा बिलय गराएर नेपालको अस्तित्व माथि धावा बोलेका थिए । उनले योग सन्देश मासिक मार्फत धावा बोलेका हुन । यो पत्रिका रामदेवको आफ्नै प्रकाशन हो । भारतमा ख्याती कमाएका योग गुरु रामदेवले भ्रष्ट्राचार र कालोधन बिरुद्ध भन्दै आमरण अनसन बसेपछि रामदेवकै सम्पत्तिमाथि भारतीय सरकारले छानबिन सुरु गरेको छ । रामदेवको पीठलाई र उत्पादित औषधि कम्पनीले राज्यलाई कर नतिरेको आरोपसँगै सरकार नै रामदेवको बिरोधमा तयार भइसकेको अबस्था छ । एकातर्फ बिशुद्ध राष्ट्रिय मुद्दा भन्दै रामदेवले राजनीति गर्न खोजेको आरोपमा उनीमाथि सरकार खनिएको हो । मध्यरातमा रामदेवमाथि गरेको कारबाही बाहेक अन्य सबै भारतीय नागरिक रामदेवलाई योग र अध्यात्ममा सिमित रहन नै राम्रो हुने जानकारहरुको बिश्लेषण छ । त्यसो त रामदेव हठयोगी भएका कारण आवेशमा आउने गरेको उनी निकट जानकारहरुले बताएका छन । केही नजिक भनिएकाहरु नै उक्साहटमा रामदेवले अनावश्यक आमरण अनसनको प्रारम्भ गरेके भन्नेहरु पनि प्रसस्तै भेटिन्छन । पटक पटक भारत सरकारले रामदेवजी लाई माग प्रति आफुहरु गम्भीर भएको अबस्थामा अनसन नबस्न आग्रह गर्दा केही मान्छे सहित एकआध घण्टामात्र अनसन सुरु गरि टुंग्याउने पुर्व सहमति लाई रामदेवले लत्याएपछि घटना थप जटिल बन्दै गएको हो । राती १ः०० बजे रामलीला मैदान प्रहरीले हस्तक्षेप गरेपछि समर्थकहरु भागाभाग भएको हो । झण्डै चार दशक अगाडि सुरु विनोवा भावेले राजनीतिक निर्मलीकरण अर्थात स्वच्छता को लागि आन्दोलन गर्दा को समर्थनलाई पच्छाएर योग मार्फत रामदेव राजनीतिमा स्थापित हुन खोजेको देखिने बिश्लेषकहरुको धारणा छ ।
अिहंसात्मक आन्दोलन भन्दै भारतीय जनतालाई भड्काउन पल्केका रामदेव योग सम्बन्धि काम गर्न पुर्ण छुट हुँदा हुँदै आफुलाई अवतार नै सम्झेर रामदेवले भारतको सरकार बिरुद्ध अभियान नै थालेका थिए । कतिपय योग शिविरमा रामदेवले एक पन्जावी आफ्नो गुरु भएको बताउँथे भने एक पन्जाबी लाई सरकारबाट छुटाउन जुनसुकै हत्कण्डा अपनाउने बताएका थिए । सरकारबाट हटाउने भनिएका पन्जाबी प्रधानमन्त्री मनमोहन िसंह नै थिए । त्यसकारण ब्यक्ति बिशेष खनिएका योगगुरु रामदेव सहकर्मीको आगामी योग यात्रा त सम्भव होला तर राजनैकि रवाया भने सकेर जाने प्रष्ट भइसकेको छ ।

No comments:

Post a Comment