Thursday, September 22, 2011

पे्रमको मधुमास गरी दुई गजलसंग्रह प्रकाशनमा

पोखरा /गजल सन्ध्या पोखराले हरेक बर्ष मोति जयन्तिको अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार-२०६८बाट गजलकार कमल पौडेल अथकलाई पुरस्कृत गर्ने भएको छ ।
पो्खरामा विगत लामो समयदेखी पत्रकारीता र गजल लेखनको क्षेत्रमा योगदान गर्दै आएका अथकले गजेको भोटो र पे्रमको मधुमास गरी दुई गजलसंग्रह प्रकाशनमा ल्याईसकेका छन । स्याङ्जाको बिचारी चौतारामा जन्मिएका अथकका गीत गजल हाईकु खण्डकाव्य लगायतका बिधामा एकदर्जन पुस्तक प्रकाशनमा छन् । गजलको उत्थान हाम्रो अभियान भन्ने उदघोषका साथ नेपाली गज्लको उन्नयनमा समर्पित गजल सन्ध्या पोखराले प्रदान गर्ने पुरस्कारको राशी नगद रु दुई हजार दुईसय एक र सम्मान पत्र रहेको छ ।
गजल सन्ध्या पोखराले प्रतिभा छनौटका लागी गजलकार दिपक समिपको संयोजकत्वमा गजलकारहरु प्रकट पंगेनी शिव र ईश्वरमणि अधिकारी सदस्य रहको एक कमिटी गठन गरेको थियो । कमिटीले पोख्रेली गजललेखनमा निरन्तर सकि्रय रहेका र दुई गजलसंग्रह प्रकाशन गरी सकेका अथक नै यो पुरस्कारको लागी सही प्रतिभा भएको ठहर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ । अथकलाई आगामी असोज ७ गते एक विशेष समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिने गजलसन्ध्या पोखराका सचिव मन क्षेत्रीले बताएका छन । यस अघि सो पुरस्कारबाट गजलकारहरु रुपक बनवासी ईन्द्रक्रमार विकल्प र गोविन्दराज बिनोदी सम्मानित भईसक्नु भएको छ ।

पोखराको लामाचौरमा दशैं बजार मेला लाग्नॆ बजार ब्याबस्थित पार्न उपसमिति गठन

दिननाथ बराल
पोखरा ४ असोज

नेपालीहरुको महान पर्व बिजया दशमी पर्वको अवसरमा पोखराको लामाचौर क्षेत्रमा दशैं बजार मेला लाग्ने भएको छ । ईन्द्रराज्य लक्ष्मी उच्च माबि परिसरमा घटस्थापना असोज ११ गते देखि महानवमी असोज १८ गतेसम्म सोहि बिद्यालय ब्याबस्थापन समितिको सकि्रयतामा स्थानीय बिभिन्न संघ सस्थाको आयोजनामा मेला हुने भएको हो ।
दशैं पर्वको अवसरमा आवश्वक पर्ने भेडा च्याङग्रा तथा खसि बोका समेत मेलामा बिकि्र वितरण गरीने भएको छ । स्थानीय उत्पादनको प्रर्बद्धन गरी घरेलु उत्पादनका सामागि्रंहरु डोका नाम्ला डाला लगायतका बस्तुहरुको बिकि्र वितरण समेत गरीने भएको बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष मिलन केसीले बताउनु भयो ।
बिद्यालयका शिक्षक नेत्र बहादुर बाँनियाको संयोजकत्वमा ११ सदस्यीय बजार ब्याबस्थापन समिति र लामाचौर क्षेत्र वरिपरका बिभिन्न संघ सस्थको आबद्धता रहने गरी १ सय ५१ सदस्यीय मुल समारेाह समिति समेत गठन गरीएको छ ।
साथै बजारलाई ब्याबस्थापन गर्न बिभिन्न पाँच वटा उपसमिति समेत गठन गरेको छ । अर्थ संकलन उपसमिति संयोजकमा सुसिल कुमार श्रेष्ठ प्रचार प्रसार उपसमिति संयोजकमा नविन भण्डारी सुरक्षा ब्याबस्थापन समितिमा नवराज थापा पुर्वाधार ब्याबस्थापन उपसमिति संयोजकमा राजु सुनार र स्वयम सेवक ब्याबस्थापनमा नव आर्दश क्लब रहेको छ ।
उक्त बजार अबधिभर उपभोक्ताहरुले ५ सय भन्दा बढी सामान किनेमा उनीहरुलाई कुपन प्रदान गरी लक्की ड्र बाट उपाहार प्रदान गरीने भएको प्रचार समितिका सदस्य अर्जुन अधिकारीले बताउनु भयो । एक जनालाई च्याङग्रा एक जनालाई मोवाईल सेट र १० जनालाई आक्रशक पुरस्कार प्रदान गरीने भएको छ । फुलपातीको अवसरमा असोज १६ गते बिद्यालय परिसरमा बिषेश मेला समेत आयोजना हुने प्रचार समितिका सदस्य अधिकारीले जानकारी दिनु भयो । मौलिक संस्कृतिको जर्गेना गर्नुको साथै समाजमा बढ्दै गएको विकृति र विसङगतिलाई न्युनिकरण गर्न थप टेवा पुग्ने उद्धेश्यले आयोजना हुन लागेको उक्त बजार मेलामा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ ।

No comments:

Post a Comment