शोभाकर पराजुली
ब्ााबुराम भट्टराईको नेतृत्वमा सरकार बनेको छ । तर बाबुरामका नेता प्रचण्ड पूर्वयुवराज पारश सरह एक संस्थाका सहअध्यक्ष रहेछन् । यसले पनि प्रचण्डलाई ज्ञानेन्द्रको नजिक भन्नेहरुले अर्को प्रमाण पाएको महसुस गरेका छन् । बाबुरामलाई भारत परस्त भनेर माओवादीहरुले नै
आरोप लगाउने गरेका हुन् । अहिले सवै मधेशबादी भनिने दलहरु बाबुरामको पक्षमा हुंदा यसले अझ पुष्टि गरेको भन्ने चर्चा जनतामा सामान्य भएको छ । यद्यपि मधेसवादी दलहरु भनेको भारतीय पक्षधर भन्ने अर्थ स्वतह निस्कदैन ।
खन्ना गार्मेन्टमा प्रचण्डले बाबुरामलाई भारतिय दलाल भनेकै हुन् । अहिले बैद्यहरुले प्रचण्ड र बाबुरामलाई त्यही आरोप लगाई रहेका छन् । बैद्यलाई अमेरिकी धुरीको भन्नेहरु उनको चीन र भारतका कम्युनिष्टहरुसंग भन्दा पश्चिमी राष्ट्रका कम्युनिष्टहरुसंग भएको नज्दिकी र रिमले उनलाई मायां गरेको भन्ने आरोप लगाउंदछन् । यो धुरी देशमा कम्युनिष्ट ब्यवस्था ल्याउन भन्दा अनावस्यक चर्का र अब्यवहारिक कुरा गरेर कम्युनिष्टहरुलाई सत्ताबाट बाहिर राख्ने रणनीतिमा लागेको हुन्छ भन्ने गरिन्छ । प्रचण्डले पहिला चीनको पहिलो भ्रमण गरेर ठुलो काम गरेको सुनाएकोमा पछि त चीनमा त खेल हेर्न गएको हो औपचारिक भ्रमण त भारतबाटै हुन्छ भनेर नेपालीको तेजोबध हुने कार्य गरेकै हुन् ।
म्ाधेसवादी दलका नेताहरुले आफ्नो एजेण्डामा जनयुद्ध र मधेस आन्दोलनको सम्म्ाान गर्ने बताएका छन् र यो अहिलेको गठबन्धनको लक्ष्य भएको उल्लेख गरेका छन् । २०४६ र २०६३ सालका जनआन्दोलनलाई उनीहरुले पूर्ण रुप्ामा बिसर्िदिए । एक क्षेत्रको आन्दोलनको संम्मान आवस्यक छ । तर िहंसात्मक कृयाकलापलाई मात्र त्यति महत्व दिनुको अर्थ के २०४६ र २०६३ सालको जनआन्दोलनको औचित्य र महत्व छैन अहिले पनि माओवादी िहंसा विवादास्पद रहेकै छ । त्यो बिवादास्पद िहंसामा प्रयोग भएका हतियार भन्दा हतियार लिनेहरु बढी देखाउने कार्य भएकै छ । सरिरभन्दा हतियार प्यारो मान्ने लडाकुहरु कथित रुपमा हतियार बग्दा बगेनछन् र पोिलंदा पोलिएनछन् । यो गौरवको बिषय हो । तर उनीहरुको झोला पस्र नखस्नु पानीमा डे्स पनि नभिज्नुले उनीहरुका हतियारहरु भैसी जस्तै आहाल खोज्ने हुंदा पानी देख्नासाथ हुत्तिइहाल्ने रहेछन् भन्ने अनुमान हुन थाल्नु स्वभाबिक हो र यस्ता हतियारहरु बिश्वका पर्यटकहरुल्ााई देखाउन पनि काम लाग्दछन् । त्यसो होइन भने हतियार र लडाकुको संख्या बरावर हुन आवस्यक छ । यस्तो कार्य र परिणामलाई हामीले महान मान्नु पर्ने बाध्यता यो सरकारले थोपरेको छ ।
ब्ााबुराम देशका प्रधानमन्त्री होइनन र कम्युनिष्टहरुका मात्र प्रधानमन्त्री हुन् भन्ने त उनले महान सहिदहरुको सम्म्ाान नगरेर पुष्पलालको सम्मान गरेबाट प्रष्ट हुन्छ । पुष्पलाललाई हामी पनि संम्मान गर्दछौं अकॊ्र दलको नेताको कारणले । बाबुरामले पुष्पलाललाई ब्यक्तिगत वा दलगत सम्मान गरेको भए वा सहिदको सम्मान पछि त्यो कार्य गरेको भए पनि हुने थियो तर उनले देश र जनता भन्दा दल ठुलो हो भन्ने सन्देश दिए । त्यो पनि जिउंदो हुंदासम्म पुष्पलाललाई पूजिवादीको मात्र नभई कांग्रेसको पुच्छर आदि आरोप लगाउने गरेकोमा अहिले आएर भएको सम्म्ाान ब्यक्तिगत र दलिय पश्चाताप ब्यक्त हुन सक्दछ देश र जनताको पक्षबाट हुन सक्दैन ।
अहिलेको राष्ट्रवादी कम्युनिष्टहरुको सरकारलाई चीनले सुभकामना दिन ढिलो गरेको थियो । भारतिय बिद्धान र
बाबुरामका गुरु एस।डी।मुनीले भारतले यो सरकार बन्न्ा सहयोग गरेर राम्रो गरेको बताउनु भएको छ । संसदमा नै स्वतन्त्र संसद बबन िशंहले २०६८ साल भदौ १२ गते यो सरकार बिदेशीको सहयोगले बनेको हो भन्नु भएको छ । माओवादीहरुले बुझ्नु पर्दछ कि भारत नेपालमा राष्ट्रबादी मित्रहरु चाहन्छ चीनको पनि इच्छा त्यस्तै हो । तर कम्युनिष्टहरुको ब्यवहारले उनीहरु कि सत्ता जोगाउनको लागि बिदेशीको दलाल नै बन्दछन् र नभए बिरोधमा उत्रन्छन् भन्ने नेपालका मात्र होइन विश्वका कम्युनिष्ट चरित्रहरुले देखाएका छन् ।
अहिलेको सरकार राम्रा कार्यहरु गरेर होइन अरुलाई दोष दिएर जनतालाई भ्रम दिनेहरुको पनि प्रभुत्व रहेको सरकार हो । कांग्रेसलाई गणतन्त्र बिरोधी संघियता बिरोधी तथा संविधान सभा बिरोधी भन्ने तथ्यहिन झुत्रे आरोप पनि यो सरकारमा हुनेहरुल्ो लगाएका छन् । तर उनीहरुले अहिले पनि बुझे हुन्छ कि कांग्रेस गणतन्त्र संघियता तथा संविधान सभाको पक्षमा कसैको दवावले गएको होइन । गणतन्त्र संघियता तथा संविधान सभा बिरोधीहरु पनि अहिले अस्तित्वमा छन् । त्यसैल्ो कांग्रेसलाई लगाइएको यो आरोप निराधार र कपोकल्पित पनि हो । कांग्रेस जहिले पनि राजसंस्थाबाट पिडित दल हो । राजसंस्थाले सवैभन्दा बढी कुनै दललाई घात गरेको थियो भने कांग्रेसललाई थियो । त्यसैल्ो गणतन्त्र बिरोधी कांग्रेस होइन बरु जनताको चेतनाको स्तर बृद्धि गर्दै गणतन्त्रमा जाने र राजसंस्थाको औचित्यलाई अस्विकार गर्ने वातावरण तयार गर्नु थियो । कांग्रेसले माओवादी र सवै कम्युनिष्टहरुको सिद्धान्त्ा ठिक मान्दैन । यसो भन्दैमा यिनीहरुको अस्तित्व्ालाई अस्विकार कांग्रेसले गरेको छैन । ग्राउण्ड रियालिटीलाई स्वीकार गर्नु परिस्थितिजन्य बिषय हो । हतियारको
राजनीति गर्नु हुंदैन भन्न्ो कांग्रेसको सोच हो तर माओवादीको हतियार मोहसंग र अहिले त सांचोको बिषय समेत कांग्रेसको चासोको बिषय बनेको छ । यो सृजित अवस्था अनुसार गर्नु परेको कृयाकलाप हो । हतियारको राजनीति नै नचाहने कांग्रेस अहिले बिशेष समितिलाई बुझाइएकोमा यसलाई सकारात्मक मान्दछ । यसलाई के भन्ने के यो पनि काँंग्रेसको हतियार मोहको राजनीति हो
बहुरंगी विचार वोकेका दलहरुको सरकारले कहिले आंफै बिरोधाभाषपूर्ण कुरा गरिरहेको छ । कहिले अरुको
बारेमा भ्रम हुने कुरा गरिरहेका छन् । नत्र भने संविधान सभा त कांग्रेसले २००७ साल देखि उठाएको सवाल हो । पहिला उठाएको सवाल अहिले किन कांग्रेसलाई अनुपयुक्त लाग्ने यो तथ्य होइन बरु इतिहास नपढ्नुको परिणाम हो । त्यस्तै संघियता कांग्रेसको चाहना होइन पनि भनिएको छ । यसको तर्कपूर्ण उत्तर चाहिन्छ कि संघियता माओवादी मधेसवादी आदिलाई चाहिने कांग्रेसलाई नचाहिने कारण के छ संघियताको मोडल अरुले राखे जस्तो कांग्रेसको पनि हुनु पर्दछ भन्ने हो भने त्यो सर्वसत्तावादी सोच हो । अन्यथा कांग्रेसको संघियताको संवन्धमा तर्क संगत बिरोध हुन सक्नु पर्दछ ।
त्यसैले यो सरकार बिकासमा लागोस् जनताको हितमा लागोस् र गरीवको जिवनस्तर उकास्नको लागि लागोस् । कांग्रेसको यसलाई समर्थन रहन्छ । संविधान शान्ति र नागरिक दलको पक्षमा काम गरोस् यसमा कांग्रेसको समर्थन रहन्छ । तर नराम्रो गर्न नदिदा कांग्रेसको बिरोध हुन्छ र यही कारणले कांग्रेस सहमतिको बिरोधी हो भनिन्छ भने त्यसको उपचार अरु नै हुन सक्दछ । प्रचण्डले यही जुन २५ मा कांग्रेस
राष्ट्रिय सहमतिको मुख्य सत्रु हो भन्नु भएको थियो । उहांले भन्नु पर्दछ कांग्रेसले के गरे राष्ट्रिय सहमतिको पक्षधर कांग्रेस हुन्छ त्यसैल्ो सरकारले सवै जनतालाई समान रुप्ाले कानुन अनुसारको ब्यवहार गरोस् अरुलाई दोष नलगाओस् ।
मधेशीदलमा ग्याङ फाइट
काठमाण्डौ ÷ सत्ता भने पछि नेता हुरुक्क हुन्छन । सत्तालिप्साका कारण मधेशीदलहरुको तछाड मछाड पनि मजैले देख्न पाईन्छ । अरुलाई पर्दा कुरा आउछ आफुलाई पर्दा ज्वरो भने झै यति बेला मधेशीदल बिच आ - आफ्नो दलमा मन्त्रीको लागि ग्याङ फाइट जस्तै चलेको छ । ५ मधेशी दलको संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाले यो कुरा सिद्धगरिरहेको छ । आन्दोलन द्धारा स्थापित भएको भनिएको मधेशवादी दलहरु सत्तालाई समेत आन्दोलनको रुपमा प्रयोग गर्नुपर्ने हो तर मधेशवादी दलहरुमा यति बेला सत्ताकै कुरालाई लिएर किचलो मच्चिएको छ । मन्त्रीको विषयलाई लिएर खासरुपमा मधेशी मोर्चामा आवद्ध तिन दलहरुमा लामो किचलो रहेको प्रष्ट भइसकेको छ । समाचार श्रोतका अनुसार विजय कुमार गच्छेदार को नेतृत्व रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक महन्थ ठाकुर नेतृत्वको तराई
मधेश लोकतान्त्रिक पार्टी र महेन्द्र राय यादव नेतृत्वको तमलोपा नेपालमा किचलो मच्चिएका हुन् । आन्तरीक सहमति हुन नसकेपछि यस अघि तमलोपा नेपालले पाएका २ मन्त्रालयका जिम्मेवारी स्वयं उक्त पार्टीका अध्यक्ष महेन्द्र राय यादवले लिएका छन् भने तमलोपा ले पाएको र महन्थको जिम्मेवारी समेत उक्त पार्टीका तर्फबाट मन्त्री बनेका हृदेश त्रिपाठी ले नै सम्हालीरहेका छन् । त्यस्तै फोरम लोकतान्त्रिकले पाएको चार मन्त्रालय मध्ये २ जना मात्र मन्त्री बनेका छन् ।समाचार श्रोतका अनुसार फोरम लोकतान्त्रिक तमलोपा नेपाल तमलोपा गरी तिन दलहरुमा सबै भन्दा बढि किचलो रहेका छन् भने फोरम गणतान्त्रिक र सद्भावना पार्टीमा समेत राज्यमन्त्रीको कुरालाई लिएर किचलो
भईरहेका छन् । तमलोपा नेपालमा दलबहादुर कुर्मी गोविन्द चौधरी उर्मिला महतो लगायतले मन्त्री बन्ने दाबी गर्दे आएका छन् भने अध्यक्ष यादवले सहअध्यक्ष रामचन्द्र कुश्वाहा सँग विशेष सहमति गरी उहुको सहमतिमा मात्र कसैलाई मन्त्री बनाउने बताएका छन् । त्यसो त नाम का सहअध्यक्ष मात्र
रहेका कुश्वाहा को खासै प्रभाव तमलोपा नेपालमा नरहेको एक श्रोतले बताए । श्रोतले भने कुश्वाहाको पनि केही चल्दैन मन्त्री बन्ने प्रयासमा यतिबेला तमलोपा नेपालमा मारामारको अवस्था रहेको छ । त्यस्तै फोरम लोकतान्त्रिक मा रक्षा मन्त्री बन्ने पक्का पक्की भनिएका शरदिसंह भण्डारी नेताहरु रामजनम चौधरी करिमा वेगम सत्रुधन महतो लगायतका नेताहरुले यतिबेला पार्टीमा ताम्डब नृत्य गरिरहेका छन् ।त्यसो त समाचार स्रोतका अनुसार पार्टी फोड्ने सम्मको कसरत भईरहेको छ तर बारगेनिङ भने मन्त्रीकै विषय हो । त्यस्तै तमलोपामा पनि उही हालत रहेको नेताहरु जितेन्द्र गणेश नेपाली चन्दा चौधरी लगायतले कानुन मन्त्री आफुले पाउनुपर्ने माग गर्दे आएका छन् । त्यस्तै
राज्यमन्त्रीको विषयमा समेत किचलो चलिरहेको र आवश्यक परे फेरी पार्टी फुट्न सक्ने समाचार श्रोतले बताए । यता फोरम मन्त्रीमा ककसलाई पठाउने र कोको बन्ने भनि आन्तरिक विवाद
रहेको श्रोतले बतायो ।
No comments:
Post a Comment