Friday, September 16, 2011

२४ टेलिभिजनमा अनिलको मनपरी

काठमाडौं÷काम गरेको ४ महिना पुग्दासम्म पनि व्यवस्थापनले पारिश्रमिक नदिएपछि न्युज २४ टेलिभिजनमा कर्मचारीले सुरु गरेको आन्दोलन चरम उत्षर्कमा पुगेको छ । आफ्नो पेशागत सुरक्षा र समयमै उचित पारिश्रमिकको व्यवस्थाको लागि कर्मचारी युनियन गठनका लागि हस्ताक्षर संकलन गर्न जुटेका पत्रकार र कर्मचारीलाई व्यवस्थापन पक्षबाट अवरोध श्रीजना गर्न खोजिएको छ । युनियन गठनका लागि ३३ जना पत्रकार कर्मचारीले हस्ताक्षर संकलन गरिसकेका एक पत्रकारले बताए । पछिल्लो समयमा ती हस्ताक्षर कर्ता पत्रकार कर्मचारीलाई एक एक जना गर्दै बलाएर समाचार संयोजक चिरन्जीवी देवकोटाले स्पष्टीकरण दिएर थर्काउन लागेपछि २४ को
पत्रकार महासंघको शाखा र टेलिभिजन व्यवस्थापन विच एक सहमती भएको छ । सहमतिमा टेलिभिजन व्यवस्थापनले भोली शुक्रबारसम्म सम्पूर्ण पत्रकार कर्मचारीलाई दुई महिनाको तलव चुक्ता गर्ने आगामी असोज ११ गते भित्र दशैको पेक्सी उपलव्ध गराइसक्ने उल्लेख छ । त्यसपछि आन्दोलनरत कर्मचारीले शुक्रबारसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । तलव नपाएपछि छोडेर हिडेका कर्मचारीलाई पनि अफिसका सामान फिर्ता दिएपछि असोज १ गतेसम्म बाँकी रहेको तलव चुक्ता सहमति भएको छ । पैसा नपाएपछि सुसन सरजन रामदाम डिल्ली भट्टरमई शिशिर शर्मा लगायतका रिर्पोटर त्यष्स्तै क्यामराम्यान धर्म आचार्य दिव्य सागर मानान्धर लगायत २४ जना कर्मचारीले छोडेका थिए । कर्मचारी प्रति कठोर बन्दै गएको व्यवस्थापन ती कर्मचारीहरुको आन्दोलन बारे प्रधानमन्त्री डा। बाबुराम भट्टराई साचारमन्त्री जे।पी। गुप्ता सम्ममा समेत खवर पुगेपछि डरले केहि लचिलो बनेको हो । तर सहमति भएपनि युनियन गठनको मागका लागि हस्ताक्षर गर्ने सोझा कर्मचारीलाई थर्काउन नछोडेपछि केहि दिन अघि पत्रकार महासंघका केन्द्रिय सदस्य मात्रिका दाहाल शाखा सभापति सुशील अर्याल लगायतसंग व्यवस्थापनले बार्ता गर् यो । बार्तामा पनि हेपाहा प्रवृत्ति देखिएपछि दाहालले कर्मचारी युनियन गठन गर्न रोक्ने तपाई को हस्ताक्षर रोहिदैन लडाई गरेर कर्मचारी युनियन गठन गरेर छाड्ने बताएका थिए । त्यसो त व्यवस्थापनले भन्दैमा गठन प्रकि्रया छोडर नजाने कर्मचारी युनियन गठन गरेर नमुना बन्ने पत्रकार खिला कार्कीले बताएका थिए । छाडेका पत्रकारलाई पैसा माग्न आए पुलीस लगाएर खेदने मालीक अनिल जोशीले बताएपछि त्यस्तो धुर्की नदेखाउन पत्रकारहरुले खुलेआम चुनौती दिएका थिए । । महासंघले यस्तो मुद्दालाई सहन नसक्ने उनीहरुको भनाई थियो । न्युज २४ मा पैसा नभएर कर्मचारीले तलव नपाएका भने होइनन । मालिक जोशीको पैसा नदिने मनसायले पत्रकार र कर्मचारीले तलव नपाएका हुन ।


सेजनमा चापागाईकाठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज सेजनको मंगलबार सम्पन्न साधरणसभा बाट प्रदीप चापागाई अध्यक्ष निर्वाचित भएका छन् । चापागाई नेपाल टेलिभिजनमा कार्यरत छन् । समाजको उपाध्यक्षमा गोकर्ण अवस्थी कान्तिपुर निर्विरोध निर्वाचित भए । नागरिक दैनिकका विज्ञान अधिकारी महासचिव चुनिएका छन् । सचिव सुरेशराज न्यौपाने नेपाल साप्ताहिक र कोषाध्यक्ष रमेश ढकाल इमेज टिभी चुनिएका छन् । यस्तै कार्यसमिति सदस्यमा सुदर्शन सापकोटा नागरिक पुष्प आर्चाय कारोबार प्रभात
भट्टराई हिमाल योगेश खतिवडा कान्तिपुर र अच्युत पौडेल हिमालयन टिभी विजयी भएका छन् । नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुने छ ।
साधरणसभा उद्घाटन गदै अर्थसचिव कृण्णहरि बास्कोटाले आर्थिक पत्रकारहरुको भुमिकाले अर्थतन्त्रलाई सही दिशा दिन सहयोग पुग्ने बताए । उनले अहिले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको जानकारी दिँदै लगानीको वातावरण बनिरहेको बताए ।
पत्रकार महासंघको आन्दोलन स्थगित
राजविराज । पत्रकार हेमशंकर िसंहमाथि भएको कुटपिटको घटनामा पीडितले माफी मागेपछि नेपाल पत्रकार महासंघ सप्तरीले आफ्ना आन्दोलनका कार्यक्रम

No comments:

Post a Comment