Tuesday, September 13, 2011

स्थानीय युवाहरुलाई उक्साई ताला

मकवानपुरको उत्तरी क्षेत्रस्थित पालुङ गाविस वडा नं। ४
अंगारेमा अवस्थित यस विद्यालयमा मिति २०६८÷०५÷२३ गते सधैंझैं विद्यालय समयमा
दैनिक कामकाज भयो । शुक्रबारको दिन भएकोले यस विद्यालयमा आधा छुट्टी गरिने
परम्परा छ । सोहि बमोजिम कक्षा संचालन भइरहेको थियो । कक्षा संचालनको
क्रममा यसै विद्यालयमा कार्यरत प्रा।शि। तृतीय अस्थायी शिक्षक देबेन्द्र
कार्कीसमेतको नेतृत्वमा शुक्रबार केहि स्थानीय युवाहरुलाई उक्साई ताला
लगाउने योजना रहेको भन्ने मलाई बाहिरी व्यक्तिहरुबाट पूर्व सूचना भएको
थियो । सोहि अनुसार करिब साँढे ११ बजे मैले निज कार्कीलाई कक्षा नलिइ
कम्पाउण्ड बाहिर गई स्थानीय युवाहरुलाई उक्साइरहेको देखेपछि मैले विद्यालयमा
राजनीति गर्ने शिक्षक जस्तो व्यक्ति भएर लापर्वाही गर्ने भनी प्रश्न गरें ।
त्यसपछि निज कार्कीले हो राजनीति गरेको भन्दै कम्पाउण्ड बाहिर गए । त्यसपिछ
स्थानीय पालुङ ६ बस्ने नरोत्तम श्रेष्ठ प्रतिध्वनि एफएम दामनमा कार्यरत पालुङ ४
बस्ने इच्छापूर्ण कार्की पालुङ ४ कै निज कार्कीकै भाई श्यामसुन्दर कार्की
पालुङ ५ का संजिव ढकाल एक्कासी विद्यालय हातामा प्रवेश गरे । त्यसपछि मैले
त्यसरी आउनुको कारण सोधें उनीहरुले विभिन्न गालीगलौज गरी मेरो
कार्यकक्षमा ताला लगाउन आएको भने । मैले के कारण हो लिखित माग पत्र पाउँ
भनी मागे । तर तिनीहरुले कुनै लिखित माग पत्र नदिई जर्बजस्ती ताला लगाए ।
मैले अभिभावक भेला संचालन गर्न तथा विद्यालय व्यवस्थापन समिति गठनका लािग
नेपाल सरकारको शिक्षा नियमावली बमोजिम हुने हुँदा सोको प्रकृया
भइरहेको जानकारी गराउँदा गराउँदै आर्थिक अपचलन भएको भए सार्वजनिक लेखा
परीक्षण समेत गर्न आग्रह गर्दा गर्दै मेरो कुरालाई बेवास्ता गरी जर्वजस्ती
ताला लगाएका हुन् । यो घटना भएपछि विद्यालयमा आतंक फैलियो । कक्षामा
रहेका विद्यार्थीहरु मैले लाइनमा राखेर विद्यालयमा शान्तिपूर्ण अवस्थाको सिर्जना
भएपछि खबर गर्ने सूचना दिन्छु भनी छुट्टी गरि पठाएँ ।
त्यसको लगत्तै २ बजे दामनस्थित प्रतिध्वनि एफएम ९७ मेगाहर्जले मेरो र
विद्यालयको नाम जोडेर आर्थिक हिनामिना गरेको विद्यालयमा अभिभावक भेला
नबोलाएको शिक्षक नियुक्तीमा भ्रष्टाचार गरेको शिक्षकहरुलाई धम्क्याएको
दूव्यबहार गरेको लगायतका भ्रामक बाक्यहरुको प्रयोग गरी समाचार प्रसारण
गरेको छ । एफएमले सोहि समाचारलाई पटकपटक प्रसारण गरी जिल्लाबाट प्रकाशन
हुने केहि अन्यपत्रपत्रिकामा समेत समाचार संप्रेशण गरी सरकारी विद्यालयको
जिम्मेवार प्रधानाध्यापक तथा जिल्ला शिक्षा कार्यालयको निर्देशन बमोजिम
अध्यक्षको समेत जिम्मेवारी सम्हाल्दै आइरहेको मलाई सामाजिक रुपले चरित्र हत्या
गर्ने सुनियोजित ढंगबाट त्यसरी भ्रामक कपोकल्पित झूठो समाचार प्रसारण
गरेर मेरो प्रतिष्ठामा आँच पुर् याएको छ । एफएममा आवद्ध व्यक्ति इच्छापूर्ण
कार्कीले पद र संचार क्षेत्रलाई नै दुरुपयोग गरी आफू अनुकुल समाचार
प्रसारण प्रकाशन गरी संचार माध्यम र संचारकर्मीको आचार संहिताको उलंघन
गरी स्वयं नै सो घटनामा संलग्न रहि सुनियोजित ढंगबाट समाचार प्रसारण
गर्दै मलाई गाली वेइज्जती गराई पद र प्रतिष्ठाको मानमर्दन गरेको हुँदा
सत्यतथ्य समाचार प्रसारण र प्रकाशनका लागि सादर अनुरोध गर्दछु । साथै
कार्बाहीको माग गरी नेपाल पत्रकार महासंघ मकवानपुर ब्रोडकाष्टिङ एसोशिएसन
अफ नेपाल ब्यान जिल्ला शिक्षा कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालय
मकवानपुरलाई समेत निवेदन दिइ कार्बाहीको माग गरेको जानकारी गराउँदछु ।
संचार जस्तो संवेदनशिल निकायमा संलग्न व्यक्तिले कुनै आधार र स्रोत बिना
समाचार प्रसारण गरी चरित्र हत्या गर्ने सुनियोजित कार्य गरेको सो घटनाले म
विद्यालय र यहाँ कार्यरत शिक्षकहरुको जीउधन समेत जोखिममा परेको मैले
अनुभूति गरेको छु । तसर्थ आगामी दिनहरुमा एउटा विद्यालयमा लगनशिल भई
कार्यरत कर्मचारीहरुको जीउधन तथा प्रतिष्ठाको सुरक्षासमेतको ग्यारेण्टीको
अनुभूति गर्न पाउनु हाम्रो अधिकार पनि हो । शान्तिपूर्ण अवस्थामा पठनपाठन
गराउनु हाम्रो दायित्व हो । तसर्थ विद्यालयमा भएको आतंकपूर्ण घटना तथा
कपोकल्पित समाचारका विषयमा सत्यतथ्य प्रसारण÷प्रकाशन गरी न्याय दिनु हुन पिन
अनुरोध गर्दछु ।

No comments:

Post a Comment