अभियान टाइम्स साप्ताहिक
राष्ट्र बैंकले एकदर्जन बैंकलाई सुधि्रन पत्र पठायो
काठमाडौं । विभिन्न लोभलाग्दा सेवा सुविधा दिने भन्दै खुलेका मुलुकका अधिकाशं ुकु र ुखु श्रेणीका बैकहरु क्रमस घराशायी बन्दै गएकाछन् । अबैध कारोबारबाट आर्जन गरेको रकम र तस्करहरुको समुहको मिलेमतोमा खुलेका नेपालका बैंकिङ क्षँेत्र दिनानु दिन स्तरहिन हुदै र दिने भनेको सुविधा समेत दिन नसकेपछि अधिकाशं बैंकहरुको अबस्था घराशायी भएको बैंक स्रोतको भनाई रहेको छ । नुनदेखि सुन सम्म र हलोदेखि जहाजसम्ममा लगानी गर्ने र बढीभन्दा बढी व्याजदर दिने भन्दै बैंकहरुले बनाएका ग्रहकले सुविधाबाट बन्चित हुन परेपछि र बैंकबाट प्रवाह गरेको बैंक ऋणहरु फिर्ता नभएकाले नेपाल राष्ट्र बैंकबाट एक दर्जन बैंकलाई तत्काल बैंकको अबस्थामा सुधार गर्न परिपत्र गरेको छ । विभिन्न मितिमा जारी सो परिपत्र पाए पछि सनराईजग्लोबल माछापुच्छ्रेकिष्टजनतानेपाल इन्भेष्टमेन्ट बैक लगायत अन्य बैकहरु संकटग्रस्त अबस्थामा गुज्रीएका छन् । कतै बैकका लगानीकर्ता बीच झगडानै सुरु भएको छ । चिनजान र आफ्नो मान्छेलाइृ्र बैक निर्देशशिका विपरित जारी गरेको ऋण प्रवाहका कारण बैंक धराशायी भएको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंकले एक सस्थाको डिपोजीट अर्को बैकिङ सस्थाले डिपोजीट गर्दा व्याज लिन नपाईने निर्देशनका साथै खराब कर्जा तत्काल असुल गर्न दिएको निर्देशनले विकास बैक र फाइनान्स कम्पनीका साथै वित्तिय कम्पनीहरु संकटमा परेको जनाइएको छ ।
No comments:
Post a Comment