कमिशन रोकेपछि ताल्चा लगाउने घम्की
काठमाडौं । राजधानीको टेकुमा रहेको व्यापारिक कप्लेस्प र काठमाडौ महानगरपालिका बीच पछिल्लो चरणमा कमिशनमा कुरा नमिल्दा महानगरपालीकाले ३ दिनभित्र राजस्व नतिरे कम्पेप्लसमा ताल्चा लगाईदिने अल्टिमेटम दिएको छ । महानगरपलिकाले २०५२ सालमा नगरपरिषदबाट घर-जग्गा राजस्व असुली नगरे ताल्चा लगाउने अल्टिमेटम दिएपछि सोको विरुद्धमा वाल्र्ड टे्रड सेन्टरले सोमबार नै महानगरपालीकालाई विपक्षि बनाउदै सर्वोच्च अदालतमा मुद्धा दाहेर गरेको थियो । महानगरपालीकाले २०५२ सालपछि एकैपटक २०६८ साल भदौमा आएर सो जग्गा भोकचलन गरेको भन्दै नगरपालीकालाई दिनुपर्ने घर-जग्गा राजस्व कर नबुझाएको भन्दै पत्र पठाएको आरोप सो सेन्टरका प्रबन्ध निर्देशक शकुन्तला हिराचनले लगाएका छन् । एकातर्फ महानगरलिकाका कर्मचारीहरु पटक-पटक सो सेन्टरमा आई वार्ता गरेको समेत हिराचनले बताए । यसरी दुवै पक्ष अन्तिम चरणसम्म बार्ता गरे पनि सो रकममा कुरा नमिल्दा महानगरपालीकाले कारवाही गनॆ्र बताउदै धम्की दिएको सो सेन्टरका एक कर्मचारीले बताए । म्ाहानगरपालीकाले सो सेन्टरले महानगरपालीकालाई कति राजस्व बुझाउनु पर्ने हो सोको विवरण समेत नदिएको छैन । महानगरपालीकाले ३ दिनभित्र सम्पूर्ण विवरण सहित बाँकी राजस्व असुली गर्न आउन मात्र पत्र पठाएको दाबी सो सेन्टरको रहेको छ । सेन्टरलाई दिएको पत्रमा कति रकम बक्यौता रहेको र कहिले देखिको कर भुक्तानी गर्न बाँकी छ भन्ने बारेमा समेत महानगरपालीका अनविज्ञ रहेको छ । महानगरपालीकाले सो अल्टिमेटम पनि राजस्व असुली गर्न नभई कमिशन तत्तकाल बुझाउन दिइएको धक्की भएको सेन्टरका कर्मचारी बताउछन् । सो सेन्टरले त्रिभुबन विश्वविद्यालयसंग ३२ वर्षका लागि सो जग्गा लिजमा लिएको हो । प्रचलीत कानुन अनुसार कुन्ौपनि जग्गा बा घरको पूर्णस्वामित्व सरकारको भएमा सोको घर र जग्गाको करराजस्व बुझाउन नपर्ने भन्ने उल्ल्ोख छ । त्रिभुबन विश्वविद्यालय पूर्ण सरकारी स्वामित्व रहेको सस्था हो । लामो समयसम्म सो सेन्टर र महानगरपालिका बीच कमिशनमा सवै प्रमाणहरु न्ास्ट पार्दै आएपनि पछिल्लो चरणमा सो कुरामा दुवैपक्षबीच कमीशनको कुरा नमिल्दा सो कुरा बाहिर आएको हो । सो सेन्टरले सरकारलाई बुझाउनु पर्ने कर समेत महानगरपालीकाका कर्मचारीको मिलेमतोमा चुहावट गरिदा सरकारलाई करोडौ रुपैयाँको नोक्सानी हुन गएको छ । महानगरपालीकाले केही टेलिभिजन र राष्ट्रिय दैनिकका सम्बाददातालाई आर्थिक प्रलोभनमा परेको समेत सो सेन्टरको आरोप रहेको छ ।
No comments:
Post a Comment