Wednesday, September 28, 2011

एम्बुलेन्समा नपाएपछि ट्याङ्करमा चन्दन

काठमााडौं । प्रतिबन्धित रक्तचन्दनलाई लुकाई छिपाई चीनको स्वशासीत क्षेत्र तिव्वतको खासातर्फ निकासी गर्नकालागि रक्तचन्दन तस्करहरुले नयाँ नयाँ उपायहरु अबलम्बन गर्ने गरेका छन् । भारतबाट
रेडउडका नाममा नेपाल भित्रने सो प्रतिबन्धित रक्तचन्दन भारतीय सिमानामा रहेका भन्सार कर्मचारीको मिलेमतोमा विना चेकजाँच राजधानी आईपुग्ने गरेको छ । जव राजधानीमा सो सामान आईपुगेपछि व्यापारिहरुकै मनमुटावका कारण प्रतिबन्धित रक्तचन्दन चीन निकासी गर्नेक्रममा सार्वजनीक हुने गरेको छ । भारतदेखि काठमाडौं सम्म भारतीय ऐजेन्टले सो समान ल्याउने र सो सामानलाई काठमाडौदॆखि चीनको खासा बजारसम्म नेपाली व्यापारिहरुले लैजाने क्रममा मनमुटाव हुदा र सुरक्षाकर्मीलाई ठूलो थैली बुझाउनु पर्ने भएकाले सो सामान प्रहरी नियन्त्रणमा पर्ने गरेको छ । यसरी खुल्ला रुपमा नेपाली भुमी प्रयोगगरि चीनसम्म सो सामान निकासी गर्दा पटक-पटक प्रहरीले बरामद गरिदाँ पछिल्लो पटक पेट्रोलियम पदार्थ बोक्ने ट्याक्करमा हाली रक्तचन्दन खासा निकासी गर्ने तयारीमा व्यापारिहरु लागि परेको सुचना प्राप्त भएको छ । तस्करहरुले साना सवारी साधान र एम्बुलेन्समा समेत राखेर चन्दन निकासी गरिदाँ पनि प्रहरीले बरामद
गरेपछि अब ट्याङकरमा राखी लैजान लागेको एक ट्रक चालकले जनाएका छन् । उनका अनुसार पेट्रोल बोक्ने गाडीको विचको भागलाई काटी माथी तेल हाल्ने स्थानबाट रक्तचन्दन राखी सिमानामा पार गर्न लागेको बताए । यस कार्यमा हालसम्ममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विष्णुबहादुर खत्रीनेपाल हिमालय सिमापार वाणिन्य व्यापार संघका निर्वतमान अध्यक्ष दुर्गाबहादुर श्रेष्ठसिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्षका भाई दिनेश श्रेष्ठ असोक श्रेष्ठ राजकुमार श्रेष्ठअग्नीप्रसाद सापकोटाका कान्छो छोराकृष्ण श्रेष्ठदिनेश यादवराम श्रेष्ठ लगायतका व्यवापारिले दशै अगाडी ठूलो मात्रामा रक्तचन्दन सिमा पार गर्ने तयारीमा रहेका छन् । यसै गरि दशै अगाडी चीनको खासा बजारतर्फ लैजान तयारी अबस्थामा करिव २ सय ५० टन रक्तचन्दन राजधानीको विभिन्न स्थानमा गोदामगरि राखीएको सुचना गोप्यरुपमा प्राप्त भएको छ । राजधानीको बौद्ध चुच्चेपाटीजोरपाटीको नारायणटार बोहोराटार नेपालथोकचावहिल सानो भर् याङ्गवालाजु कलकीसातदोवाटो कोटेश्वरभक्तपुरबनेपापनौती लगायत ठाउँमा रक्तचन्दन गोदाम गरिएको पाईएको छ ।
अलिअलि गरि तस्करहरुले रक्तचन्दन खासा लैजादाँ घाटामा परेको भन्दै एकै पटक रक्तचन्दन सिमा पार गर्न सिन्धुपाल्चोकका व्यापारीहरुले ठूला साचारगृहका साचारकर्मीलाई साथ लिएको समेत खुल्न आएको छ । राजधानीबाट प्रकाशन हुदै आएका चर्चित साचारगृहका जिल्ला समाचारदाताहरुले प्रतिबन्धित सामानलाई खासा निकासी गर्नकालागि अरनीको राजमार्गमा तैनाथ सशस्त्र प्रहरी
बल लामोसाँधुका एसपी राजु सुवाललाई भेटी चेकजाँचमा औपचारीकता मात्र पुरा गर्न अनुरोध गर्न गएको सो बलमा कार्यारत एक सशस्त्र
प्रहरी जवानले बताए । दुई÷तीन जनाको समुहमा आएका पत्रकारको परिचय दिदै सो कार्यमा औपचारीकता दिन र उनीहरुले भनेका सामानले भरिएको ट्रकगाडी आउदाँ फर्किदाँ चेकनगरि छोड्न भनेको उनले बताए । यसरी सो अबैधकार्यकालागि गत भदौको दोस्रो सातामा २ लाख ५० हजार रुपैयाँ साचारकर्मीबाट नलेख्ने सर्तमा लिएको समेत एक व्यापारिले बताए । नाम नलेख्ने सर्तमा ति व्यापारीले दिएको सुचना अनुसार सिन्धुपाल्चोक र काभ्रेका पत्रकारबाट रक्तचन्दन र अन्य सामानको आयात निर्यात गर्न समयमा सहयोग गर्ने र समाचार नलेख्ने सर्तमा सो रकम दिएको हो तर सिन्धुपाल्चोकका पत्रकारले सो समाचार लेखेनन काभ्रेकाले लेखेका कारण उनीहरु संग पछिल्लो पटक मनमुटाब भएको बताए । रक्तचन्दन तस्करहरुले मानविय रुपमा प्रयोग हुने एम्बुलेन्समा राखी लैजान थालेपछि सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा रहेका सवै युवा कल्बहरु शंकाको घेरामा रहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा रहेका अधिकाशं कल्बहरु अबैधधन्धालाई बढ्वा दिने मनसायमा खुलेको भैरबकुण्ड युवा कल्व तातोपानीले प्रमाणीत गरको प्रहरीको भनाई रहेको छ ।
क-कसले कति बाँड्दैछन
काठमाडौं । नेपालीहरुकै महान चाडको रुपमा मानिने वडादशै तपाई घर जाने बिचारमा हुनुहुन्छ भने एकचोटि बिचार गर्नुहोला । किनकि यतिबेला िसंहदरबारस्थित रहेका मन्त्रालयदेखि लिएर ललितपुरस्थित मन्त्री क्वाटरसम्म पैसाको खोला बग्दैछ । तपाई यदि सर्वसाधारण हो भने कम्तीमा दुई हजार त कम्तीमा पाउनुहुन्छ । यहाँ देखाईएको फोटोहरुमध्ये कुनैपनि मन्त्रीको निवास वा मन्त्रालय पुग्नका लागि कुनै न कुनै कार्यकर्ता समाउनुपर्ने हुन्छ र ती कार्यकर्ताले तपाईको स्तर हेरेर सिफारिस गर्नेछन र सोही अनुसारको तपाई दशैं खर्च पाउनुहुनेछ । प्रसङ्ग हो हाम्रा
तराई मधेश केन्द्रित मधेशी नेताहरुको हो । जुन नेताहरु अहिले सरकारमा समेत छन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भ्रष्ट्राचार गरे गरेनन् त्यो भन्न सकिन्न तर पैसा बाँड्नेमा सबैभन्दा अगाडि छन । उनले रु। २० लाख रुपैयाँ निकटका कार्यकर्ता र पत्रकारलाई छुट्याएको समाचार स्रोतले बताएको छ । त्यसपछि नाम आउँछ महेन्द्र यादव तमलोपा नेपालका अध्यक्ष समेत रहेका यादव महतोको निर्वाचन प्रतिद्धन्दी पनि हुन । राजेन्द्र महतोकै सिको गर्दै यादव गत बर्षबाट दशैं दक्षिणा बाँड्ने कार्य
प्रारम्भ गरेका थिए । यसपालि उनले समेत १२ लाखको हाराहारीमा पैसा बाँड्ने योजना बनाएको उनी निकटका एक कार्यकर्ताले बताए । तत्कालिन उद्योगमन्त्री रहेका यादव यतिबेला िसंचाईमन्त्रीको रुपमा रहेका छन । त्यसैगरी तमलोपाका हृदयेश त्रिपाठी पनि पैसा बाँड्न यतिबेला घरदेखि मन्त्रालयसम्म ब्यस्त रहेका छन । उनले त बढी रकम कांग्रेस कार्यकर्ता र निकट पत्रकारलाई खर्च गरेको भन्दै आफ्नै पार्टीबाट बिरोध समेत थेग्दै आएका छन । कार्यकर्ता र पत्रकार हेरिहेरि निश्चितलाई मात्र पैसा बाँड्न सिपालु मानिने त्रिपाठी कांग्रेस एमाले र माओवादी लगायतका कार्यकर्ताकोमा समेत पैसा पुर् याएका छन । त्यसो त पार्टीभित्र कार्यकर्तालाई भन्दा आफुसँग हिड्ने पिछेलग्गु संगठनका नेताहरुलाई हाकाहाकी दशैं खर्च बाँडेका छन । त्यस्तै सुचना तथा साचारमन्त्री रहेका जयप्रकाशप्रसाद गुप्ता केही निश्चित पत्रकार तथा खासगरी सप्तरी र उनका निर्वाचन क्षेत्रका कार्यकर्ता शुभचिन्तकलाई मात्र दशैं दक्षिणा बाँड्ने गरेका छन । यता भर्खरै सद्भावनाबाट अलग्गिएर संघीय सद्भावनाका अध्यक्ष बनेका उद्योगमन्त्री समेत रहेका अनिल कुमार झाले पनि पैसा बाँड्न कार्यकर्ता नै छुट्याएका छन । उनले कतिपयलाई मन्त्रालयमा बोलाएर रकम थमाउँछन भने कतिपयलाई घरमै समेत बोलाएर पैसा दिएका छन ।

No comments:

Post a Comment