काठमाडौं । मुलुकका विभिन्न स्थानमा रहेर व्यापार व्यवसाय गर्ने अधिकाशं व्यापारिले सरकारलाई बुझाउनु पर्ने
राजस्व कर नबुझाई करोडौं रुपैयाँ घोटाला गरेको प्रमाणहरु दिनप्रतिदिन सार्वजनीक हुदै गएको छ । व्यापार व्यवसाय गरेपछि सरकारलाई बुझाउनु पर्ने कर र राजस्व नबुझाइं मुल्यअभिबृद्धि कर भ्याट छलि गरेको आरोपमा सरकारबाटै मुद्धा दायर गरिएका पाँँच व्यापारीलाई कसरी उन्मुक्ति दिन सकिन्छ भन्ने विषयमा पछिल्लो पटक व्यवसायी र सरकारका कहेी कर्मचारीबीच गोप्य छलफल भएको छ । सरकारी सवारी साधान प्रयोग गरि विराटनगर पुगेका कर्मचारीले त्यहाँ व्यवसायीहरुसंग सो मुद्धालाई सरल तवरबाट किनारा लगाउन छलफल भएको स्रोतको दाबी रहेको छ । सरकारले गत हप्ता राजस्व छली गरेको आरोपमा विराटनगरका ५ व्यवसायीलाई कारवाही गर्ने गत सोमबार मुद्धा दायर
गरेको थियो । सो मुद्धा परेपछि सरकारको तर्फबाट सकेसम्म सो मुद्धालाई कर छली नगरेको देखाउने यदी सो नसकिएमा कमभन्दा कम जरिवाना गराउने तर्फ खेल चलेको बताईन्छ । सरकारले सूर्ति व्यवसायमा संलग्न विराटनगरका मगनलाल जैनसुरेशकुमार जैनअनिलकुमार जैन र भवानीशंकर बोहोरा र सुर्दशन भंसाली विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्धा दाहेर गरेको हो । जिल्ला अदालत मोरङमा मुद्धा दायर
गरेपछि सो मुद्धालाई लिएर काठमाडौमा ठूलै बहस भएको थियो । सो बहशमा मुद्धा दाहेर भईसकेको अबस्थामा केही गर्न नसक्ने तर कम जरिवना गराउन सक्ने भन्न्ो निष्कर्ष भएको एक स्रोतले जानकारी दिएको छ । विभागले सो
व्यापारीबाट ३० करोड भन्दाबढी रुपैयाँ कर छली गरेको किटानि जाहेरी सहित कारबाहीका लागि मुद्धा दाहेर गरेको विभागले जनाएको छ । उक्त व्यापारिहरुद्धारा साचालनमा आएको विसाल जर्दा उद्योगविहाल केमिकल उद्योग र समय इन्टरप्राइजेजले अन्तशुल्कमुल्य अभिबृद्धि कर आय कर छली गरेको आरोप विभागको रहेको छ । विभागका अनुसार सुर्तिको कारोबार गर्दै आएका सो उद्योगहरुले सवैभन्दाबढी अन्तशुल्क छली गरेका्े अनुसन्धानबाट खुल्न आएको जनाएको छ । सो उद्योगले अन्तशुल्कमात्र २१ करोड २७ लाख छलेको देखिन आएको विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले बताए । त्यस्तै भ्याटमा ७ करोड आयकरमा २
करोड रुपैयाँ छली गरेको अनुसन्धानबाट खुलेको छ । सो उद्योगहरुले लामो समयदेखि राजस्व छली
गरेको सुचना प्राप्त भएको थियो । सही सुचनाका आधारमा डेढ वर्ष अधि छापा मारी अनुसन्धान भईरहेको थियो । अहिले ती पाँचै जना व्यापारि भारत भागेको भएपनि सो उद्योग सरकारले बन्द
गराउन भने कुनै कदम अगाडी बढाएको छैन । भारतमा बसी नेपालको सो उद्योग निार्वाधरुपमा साचालन हुदापनि अझै सो उद्योग साचालकमाथी करबाही गरकेाे छै । सरकारले पटकपटक गरेर विभिन्न घरानीय उद्योगहरुले मुल्यअभिबृद्धि कर छली गरेको आरोपमा छान विन गरेको वर्षै वितिसक्दासमेत हाल सम्मकुनैलाई पनि कारबाही गरेको रेकड सार्वजनीक गर्न सरकारले सकिरहेको छैन । विभिन्न सयममा मुलुकभरका विभिन्न उद्योगले राजस्व छली गरेको भन्दै ५२ वटा फर्महरुले कर छली गरेको निष्कर्ष निकाले पनि हाल सम्म तप् फर्महरु कुन-कुन हुन भन्ने वियषमा कुनै कुरा सार्वजनीक गरेको छैन । यसरी गोप्य रुपमा भएको सो अन्ाुसन्धानबाट सरकारी कर्मचारीले गोप्यरुपमै मोटो रकम लिएर सवै प्रमाण नष्ट गर्ने लागेको आरोप समेत लाग्न थालेको छ । नक्कलि भ्याट विल प्रयोगगरि कारोबार गर्ने ५२ वटा फर्मको अनुसन्धान सकिएको लामो समय वितिसकदा समेत सो बारे पारदर्शिता सरकारले गरि रहेकेा छैन । पटक-पटक गरेर ४ सय ६६ वटा फर्ममाथी सरकारले अनुसन्धान सुरु गरेको थियो ।
No comments:
Post a Comment