मधेशी जनअधिकार फोरमका नेता राजलाल यादव गाविसका सचिवदेखि लिएर गाविस अध्यक्ष जिल्ला बिकास समितसभापति लगायत हुँदै अहिले नेपाल सरकारको मन्त्री बन्न पुगेका हुन । निष्पक्ष र पारदर्शी नेता यादव मधेशी जनअधिकार फोरम गणतान्त्रिकको तर्फबाट बिनाबिभागीय मन्त्री बनेका हुन । उनी बर्तमान सरकारले शान्ति र संबिधानका लागि प्रयत्न गरिरहेको भएतापनि परिवर्तन गर्नु यो सरकारको मुल उद्देश्य रहेको बताए । प्रस्तुत छ अभियानटाइम्स साप्ताहिकले मन्त्री यनदवसंग गरेको कुराकानीको सारसंक्षेप
सरकारमा तपाईको मन्त्रीको काम के
अन्य देशमा त बिना विभागीय मन्त्रीको काम भनेको प्रधानमन्त्रीलाई सघाउनु हो । प्रधानमन्त्रीले छुट्याएर दिएका कामहरु गर्नुपर्ने हुन्छ । तर यहाँ त्यस्तो पाईन । अहिले बिनाबिभागीय मन्त्री त छु तर मेरो काम र अधिकार के हो भन्ने बारेमा मैलाई थाहा छैन हेरौ के काम दिनुहुन्छ प्रधानमन्त्री जी ले ।
तपाई मन्त्री भएको विषयमा तपाईकै नेता राजकिशोर यादव बाट बिरोध भएको छ
त्यो उहाँको ब्यक्तिगत बिचार हो । त्यसमा मैले केही भन्न सकिन्न । यद्यपि पार्टीको निर्णय भएकोले गर्दा त्यसको बिरोध गर्नु अलोकतान्त्रिक प्रकि्रया हो । त्यस्तो गर्नु हुँदैन । तपाईलाई भने सरह नै मैले त्यस्तो बिरोध पाएको छैन । औपचारिक रुपमै विरोध आएमा त्यस विषयमा बोलौला । केही साथीहरु असन्तुष्ट छन ।
बर्तमान सरकारमा मधेशीको निर्णायक उपस्थिती छ यस सरकारबाट मधेश बासीले के के अपेक्षा राख्ने
मधेशी दल नै बर्तमान सरकारका मुख्य घटक हुन र यो सरकारको निर्णायक मात्र नभई सरकारको खम्बा नै मधेशी मोर्चा हो । कुनै पनि निर्णय मोर्चाको सहमति अनुरुप नै सरकारले गर्छ । शान्ति र संबिधान त्यसमा पनि संघीयता सहितको संबिधान अहिले अति आवश्यक छ र यसको पहल यो सरकारमा मोर्चाले गर्नेछ र यही सरकराद्धारा शान्ति र संबिधान पनि संभव छ । त्यसपछि मधेशमा अत्यावस्यक सुविधा नपुगेको स्थानमा त्यो सुविधा पुर् याउन सरकारले प्रयत्न गर्ने छ ।
एमाले र कांग्रेसले अपवित्र गठबन्धन भन्दै सम्झौताको औपचारिक बिरोध गरिरहेका छन के यो गठबन्धन अपवित्र नै हो त
नेकपा एमाले र नेपाली कांग्रेस सरकारमा जान नपाएको रिस पोखेका हुन । हिजोसम्म सत्ताका मालिक रहेका यी दुई दललाई मोर्चाले अहिले सरकार बाहिर राख्दा त्यसको रिस पोख्ने क्रम स्वरुप जहाँतहीँ नानाथरीका आरोपहरु लगाउँदै हिडेका छन । कांग्रेस र एमालेको लागि खाँदै गरेको आहारा खोसे जस्तै सत्ता भएको छ । त्यसैले यो रोषको उपज मात्र हो भन्दा कुनै अनुचित नहोला ।
मधेशी मन्त्रीहरु मुद्दा कम अनि पैसा बढी स्थापित गर्ने दौडमा छन भन्ने आरोप पनि छ के भन्नुहुन्छ
को मन्त्रीले के गरे त्यो म भन्न सक्दिन तर म भने हरेक हिसाब किताब पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्ने गरेको छु । यो यहाँहरुलाई थाहा नै होला म सभासद छु म आफ्नो क्षेत्रमा कति खर्च गरेँ त्यो पनि सार्वजनिक
गरे र मन्त्री रहुँाजेलसम्म के के खर्च गर्नेछु हरेक खर्चवर्च हिसाब किताब सार्वजनिक गर्नेछु । यो आरोप अरुको लागि लागु हॊला नहोला तर मेरो लागि लागु हुँदैन ।
मन्त्रीहरु अविलासी छन भन्दा उचित होला
अफ् कोस्र म त भन्छु मन्त्रीले चढ्ने गाडी देखि लिएर उसले बस्ने घर सम्म को मापदण्ड हुनुपर्छ । त्यसो त भर्खरै मन्त्री परिषदको निर्णयअनुसार सेवा सुविधाबारे निर्णय गरिएको छ । यद्यपि त्यतिकैमा सम्भव छैन । म अहिले पनि जिल्ला जान्छु कहिले पनि होटलमा बस्दिन बस्नै पर् यो भने साधारण गेष्ट हाउसमा बस्छु र त्यसको लेखाजोखा देखि लिएर हरेक हर हिसाब सार्वजनिक गर्ने
गरेको छु ।
बर्तमान राजनीतिक गठबन्धनबारे के भन्नुहुन्छ
यो गठबन्धन जनताले चाहेको गठबन्धन हो । अहिले सर्वसाधारण नेपाली देखि लिएर देश विदेशमा बस्ने कुनैपनि जनता यो सरकारले केही गरेर देखाउनेछ भन्ने आशा गरेर बसेका छन । तसर्थ ती जनताको आशालाई पनि निरासामा बदल्नु हुदैन । कांग्रेस एमालेले पनि समर्थन गर्नुपर्छ सहयोग गर्नुपर्छ ।
राष्ट्रिय सहमतिको यो एकमात्र बिकल्प यो गठबन्धन हो यसमै सबैले सहयोग गर्नुपर्दछ ।
No comments:
Post a Comment