काठमाडौं । पछिल्लो समय सर्वसाधारणको रकममा धेरैजसो बैंकका सिईओ साचालक तथा चियरम्यानहरुले होली खेल्ने गरेको समाचार ब्यापक रुपमा पढ्न पाईन्छ । बैंक स्थापनाको बेलामा र समय समयमा संस्था प्रलोभन सहित विज्ञापन गरी सर्वसाधारणको शेयर र डिपोजिट रकममा एकछत्र गर्न पल्केका बैंक मालिकहरुलाई अब भने छोड्न नहुने भएको छ । कतिपय बैंकहरुसँग समग्र देशको निगरानी गर्ने
राष्ट्र बैंक र्नै आन्तरिक लेनदेनमा सहमत भई बैंक बचाउन खोज्ने घटनाहरु पनि बेला बेलामा देख्न पाईन्छ । पछिल्लो पटक सिद्धार्थ बिकास बैंकमा सिईओ दिपेन्द्र बहादुर श्रेष्ठ र भर्खर राजीनामा गरेर भागेका बैंक साचालक तथा चलचित्र निमार्ता मधुसुदन सिलवालबीच करोडौंको अनियमितता भएको समाचार चर्चामा आएको छ । सिईओ क्षेत्री र साचालक सिलवालको मिलेमतोमा बिना कमिशन कुनै पनि ऋण फाईलहरु अगाडि नबढ्ने गरेकेा सोही बैंकमा कार्यरत एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । अचम्मको कुरा त बैंकलाई लुट्न सम्म लुटेर साचालक सिलवालले आफु बदनाम भइसकेपछि दिईएको राजनीनामा समेत क्षेत्रीकै प्रभावमा स्वीकृत गरिसकिएको छ । चियरम्यान शेखर अर्याल सिईओ क्षेत्री तत्कालिन साचालक सिलवाल बिचको सहमतिमा थर्ड पस्रनलाई ऋणको ब्यबस्गा मिलाई करोडौं रुपैयाँ अनियमितता गरेको समेत जानकारीमा आएको छ । अर्यालले भन्दा क्षेत्री र सिलवालले त बैंकमा लुटै मच्चाएका थिए र त्यसो त सिईओ क्षेत्रीलाई फाल्न चियरम्यान अर्याल कम्मर कसेर लागेका थिए तर
अर्याल र सिलवालका कर्तुतहरु क्षेत्रीले राष्ट्रबैंक समक्ष सार्वजनिक गरिदिने बताएपछि तै चुप मै चुप को अबस्थामा सिद्धार्थ बिकास बैंक बसेको छ । यस अगाडि पनि सिलवाललाई क्यापिटल मर्चेण्ट एण्ड फाईनान्समा २ करोड ७ लाख रुपैयाँ अनियमित तरिकाबाट लिईएको
राष्ट्र बैंकले खुलासा गरिसकेको छ । गणेश जेन्टल फिल्म्स कम्पनीको नामबाट कर्जा लिएपनि सिलवालकै मोजमस्तीमा रकम दुरुपयोग भएपछि उनी थप संकटमा परेको निकटका साथीहरुले अभियान टाइम्स साप्ताहिकलाई बताए । त्यसो त सिद्धार्थ बिकास बैंक र क्यापिटल मर्चेन्ट बैंक सिलवालका लागि उदाहारण मात्र हुन । उनले धेरै बैंकका सिईओ तथा हाकिमसँग मिलेर एक अर्ब भन्दा माथिको रकम हिनामिना
गरेको जानकारीमा आएको छ । सम्बन्धकै आधारमा किष्ट बैंकका सिईओ कमल ज्ञवालीसँग पनि उनको सम्बन्ध मजबुद रहेको समाचार श्रोतले बतायो । ज्ञवालीसँगको सम्बन्धले सिलवालले किष्टमा समेत ठूलो रकम हिनामिना हुनसक्ने बुझिएको छ । त्यसैगरी बैंकहरु मध्ये आफुलाई स्तरोन्नतिका लागि दौडाहा गरिरहेको ुखु वर्गको सानिमा बिकास बैंक आन्तरिक किचलो का कारण थप धरापमा पर्दै गएको छ । हाइडूाे क्षेत्रमा लगानी गर्ने भन्दै एन।आर।एन। का पुर्व अध्यक्ष उपेन्द्र महतो लगायतका निकट द्धारा लगानी गरिएको सानिमा बिकास बैंक न त क वर्गमै पर्न सक्यो न त बैंक नै नाफामा छ । राष्ट्र बैंकका कर्मचारी तथा गर्भनर डा। युवराज खतिवडालाई ब्यक्तिगत खुसी
गराउँदै आफ्नो स्तरोन्नतिको लागि अगाडि बढेको सानिमामा साचालक र सिइओ बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच खटपट भएपछि बैंक थप अन्योलमा छ । एनआरएन समुहलाई राम्रै चाकडी गरेर बैंकमा प्रवेश पाएका लम्साल यतिबेला बैंक संचालक जिवा लामिछाने बद्री ओझा समेत लम्सालको नामै लिन नरुचाउने गरेकेा समाचार स्रोतले बतायो । त्यसो त लम्साललाई पुर्ण रुपमा सहयोग गर्दै आएका सहायक प्रबन्धक तेज बहादुर चन्द पनि लम्सालकै चक्करले बैंक थप धरासायी बनाएका छन । बिना रकम लोन फाईल अगाडि नबढाउने लम्सालको पुरानो रोग नै हो । यसका बारेमा यस अगाडि काम
गरेका नविल बैंक एसबीआई बैंक एनआईसी बैंकका उनका सहयात्रीहरुल े अभियान टाइम्स साप्तालिहकलाई बताए । लम्साल र चन्दको मिलेमतोमा बैंक भित्रभित्रै खोकि्रदै गएको एक साचालक ले बताएका छन । एनआरएन समुहको नाम बजाएर एकाएक चर्चामा ल्याईएको सानिमा बिकास बैंक लम्सालकै रकम खाने प्रवृत्तिले धरासायी बन्ने पक्का छ ।
प्रसुतीगृहमा भ्ाद्रगोल
काठमाडौं । आन्तरिक ब्यबस्थापनको किचलो बढ्दै गएपछि नेपालको पुरानो वीर अस्पताल तहस नहस हुने अबस्थामा छ । विर अस्पतालका निर्देशक र उपकुलपति बिच ठूलै लफडा भएको छ । ब्यबस्थापनको फितलो काईदाले सेवाग्राही मर्माहित मात्र बनेका छैनन । थप कालको नजिक धकेलिएका छन । समयमै उपचार पाउन नसकेका र आर्थिक अबस्थामा नाजुक बिरामीको यतिबेला एकमात्र
पुरानो सरकारी अस्पतालमा बेहाल छ । त्यस्तै अबस्था छ यतिबेला प्रसुती गृह थापाथलीमा । डाक्टर र नस्रको ब्यबहारले प्रसुती सेवा लिनेलाई थप झन्झटिलो मात्र होईन उपचारका क्रममा समेत चिन जान बाहेक सर्वसाधारणलाई अत्यन्तै घृणित ब्यबहार गर्ने गरेको समाचार प्राप्त भएको छ । नत शौचालयमा पानीको
राम्रो ब्यबस्था छ न त प्रसुतीका लागि आउनेलाई डाक्टर र नस्रले राम्रो ब्यबहार गर्छन । सरकारी भएर होला । साहूै अपहेलित हुनु पर्छ प्रसुतीगृह थापाथलीमा एक
पीडित सुत्केरीले अभियान टाइम्स प्रतिनिधिसँग भनिन । खै तपाईहरु के समाचार लेख्छ । गरिबका लागि सुत्केरी हुनु अपराध जस्तो छ । यहाँ ती पिडितले रोष प्रकट गरिन । हुन पनि बिरामीको लागि बेड छैन कुरुवाहरु यत्रतत्र छन । कुनै पनि सिष्टम छैन फोहोरको ब्यबस्थापन छैन चिनेका डाक्टर र नस्रले आफ्ना नजिककालाई समयमै सेवा दिएका छन । भित्र सुत्केरी वार्डहरुमा फोहोरको ब्यबस्थापन जिरो सरह छ । काम गर्नेहरु काम गर्दैनन । हामीले भन्न पनि हुँदैन एकाएक झोकिन्छन एक कुरुवाले बताए । प्रसुतीका लागि आउनेहरुको चापअनुसार बेड नुहँदा राजधानीको थापाथलीस्थित प्रसुती गृह अस्पतालमा पालो कुर्नुपर्ने बाध्यता छ । प्रसुती ब्यथा लागेका कतिपय महिला आकस्मिक कक्ष बाहिरको मेचमा असजिलो सँग बसेर बेड पर्खने गरेका प्रष्टै देख्न पाईन्छ । प्रसुती गृह पुग्दा केही महिला चाहिँ भर् याङमा बृि। रोईकराई
गरिरहेका थिए । आकस्मिक कक्ष बाहिरै उनी छट्पट्याईरहेकी थिईन । प्राय घन्टौपछि बेड पाईन्छ । प्रसुती गराउन आउनेको चाप धान्न अस्पताललाई मुस्किल परेको निर्देशक डा। लता बज्राचार्यले बताईन । २०६५ सालमा आमा सुरक्षा कार्यक्रम सुरु भए यता अस्पतालमा बिरामीको चाप बढेपछि समस्या आएको उनको तर्क छ । जम्मा ४ सय १५ बेडमध्ये प्रसुतीका लागि ८९ बेड साचालनमा
रहेको समाचार स्रोतले बताएको छ ।
No comments:
Post a Comment