Thursday, September 22, 2011

मधेशी सम्पादकहरु संगठित जोखिम पुरस्कारको निर्णय

काठमाडौं । मधेशका मुद्दामा सकि्रय र सकारात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ मधेशी सम्पादकहरु संगठित भई एडिटस्र एलाइन्स फोर मधेश नामक छुट्टै साजालको रुपमा आइतबार मधेशी सम्पादकहरु संगठित भएका छन् । राजधानी काठमाडौंस्थित मधेश मिडिया हाउसमा आयोजित एक भेलाले हिमालीनी मासिकका सम्पादक पकंज दासको संयोजकत्वमा छुट्टै संजाल गठन गरिएको हो । राष्ट्रिय साचार माध्यमहरुमा न्यायोचित स्थान र समानताको पक्षमा वकालत गर्ने उद्देश्यका साथ सकि्रय हुन पुगेका मधेशी सम्पादकहरुले साचारमा मधेशी र मधेश मुद्दामा साचार लगायतका पक्षमा भूमिका निर्वाह गर्नेछन् । नवगठित उक्त संस्थाका सदस्यहरुमा अप्पन मिथिलाका हृदयकान्त झा समयचक्रका अनिलकुमार कर्ण न्यूज अप्रेशनका विरेन्द्र केएम भाषाका हेमन्त झा द पब्लिकका वीणा सिन्हा र मधेशवाणीका राजेश अहिराज आबद्ध रहेका छन् । संजालले आउँदो शनिबार राजधानी काठमाडौमा कि्रयाशील रहेका मधेशी पत्रकारहरुको एक विशेष भेला गरि विजया दशमीको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम सकेत तय गरिएको एलाइन्सका संयोजक दासले बताए ।
जोखिम पुरस्कारको निर्णय
काठमाडौ । नेपाल्ा पत्रकार महासंघ नेपाल्ा टेल्ािभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित हेम सुनील्ा जोखिमपूर्ण टेल्ािभिजन पत्रकारिता पुरस्कार यस वर्ष इमेज च्यानल्ा टेलिभिजनका सम्वाददाता कपिल्ादेव खनाल्ा र छायाँकार अनिल्ा खड्काको समाचार सामग्री ूगाउँका चारहजार भन्दा बढी महिल्ाा वेश्याल्ायमा विकि्र र नेपाल्ा टेल्ािभिजनका सम्वाददाता दिल्ाीप थापा मगरको ूजोखिममा जीवन समाचार सामग्रील्ााई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ । हेम सुनील्ा जोखिमपूर्ण टेल्ािभिजन पत्रकारिता पुरस्कार निर्णायक समितिल्ो मिति २०६८ साल्ा असोज २ गते उक्त निर्णय गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कारको राशी २५ हजार नगद रहेको छ ।
यहि मिति २०६८ असोज ८ गते दिनको २ः३० बजे घोषित पुरस्कार वितरण गरिने छ ।
१२ गते पत्रकार महासंघ कास्कीको शुभकामना
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको नियमित बैठकले बिजयादशमी तथा शुभ दिपावलीको अवसरमा आगामी असोज १२ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । शाखाका उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा भएको वैठकले कार्यक्रमको ब्यबस्थापन गर्न शाखाका सदस्य हुमबहादुर गुरुङको संयोजकत्वमा ब्यबस्थापन समिति पनि गठन गरेको छ । त्यसैगरी महासंघ कास्कीले कार्य समितिका आगामी बैठकहरु कास्कीका ग्रामिण भेगमा गर्ने निर्णय समेत गरेको छ । कास्कीका बिभिन्न गाउँमा महासंघको बैठक गर्ने र त्यही बेला ती गाउँका समस्याहरुका बारेमा गाउँलेहरुसँग अन्र्तकि्रया समेत गर्ने निर्णय बैठकले सचिब त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।
दंगाली पत्रकारको शुभकामनामा खड्का जाने
काठमाडौं । दाङ् काठमाडौं पत्रकार संघले बिजयादशमीको उपलक्ष्यमा काठमाडौंमा शुभकामना कार्यक्रम गर्ने भएको छ । दाङ जिल्लाबाट काठमाडौं आई पत्रकारिता गर्ने समुहले पसर्ि शनिबार बानेश्वरस्थित एक क्याटरिङमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको उपसिथती हुने छ भने नेकपा एमालेका सचिव शंकर पोखरेल युवराज ज्ञवाली एमाओवादीका सभासदद्धय शिवराज गौतम र इन्द्रजीत थारु लगायतको उपस्थिती रहने बुझिएको छ ।
पत्रकारलाई धम्की
नेपालगन्ज । कर्णालीको सन्देश साप्ताहिक पत्रिकाका प्रधान सम्पादक बरमबहादुर महतर कम्प्युटर अपरेटर प्रेमबहादुर थापालाई समाचार छापिएको विषयलाई लिएर धम्क्पयाइएको छ । प्रधानसम्पादक योगीद्धारा आइतबार जारी विज्ञप्तिमा कर्णाली यातायात व्याबसायी संघ जुम्लाको नाममा कुण्डारीकी एक महिलामाथि गरिएको अपमानजनक व्यवहारको सम्बन्धमा भदौ २१ गते समाचार प्रकाशित गरेका थिए ।

No comments:

Post a Comment