Wednesday, September 14, 2011

एसएमएसको आतंक

काठमाडौं । रिल्ािज नहुँदै चर्चामा रहेको नेपाल्ाी फिल्म सायद हिन्दी र बंगाल्ाी भाषामा पनि बन्ने भएको छ । सुरज सुब्बा निर्देशित ुसायदल्ााई यी थप दुई भाषामा निर्माण र प्रदर्शन गर्नेबारे भएको सम्झौता सोमबार राजधानीमा सार्वजनिक गरियो ।
कार्यक्रममा सायदका निर्माता सुनील्ा रावल्ाल्ो देव कि्रयटिभका अमर देवल्ााई सम्झौतापत्र हस्तान्तरण गरे । युवा पुस्तामा मौल्ााएको ल्ाागूऔषध सेवन र अश्ल्ाील एमएमएस आतंकको विषयमा बनेको सायदुल्ााई पश्चिम बंगाल्ाको देव कि्रयटिभल्ो हिन्दी र बंगाल्ाी भाषामा निर्माण तथा प्रदर्शन गर्ने अधिकार ल्ािएको हो ।
चल्ाचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी चल्ाचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई चल्ाचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक निर्माता सुनील्ाकुमार थापा ल्ागायतल्ो नेपाल्ाी फिल्मको रिमेक विदेशमा हुनुल्ााई सुखद बताए । सायदुल्ााई सिल्ािगुडीका फिल्म निर्माता तथा वितरक टिकम शर्माको पहल्ामा अमरदेवल्ो बंगाल्ाी र हिन्दी भाषामा निर्माण गर्न ल्ाागेका हुन । दाजु र भाइ दुई पुस्ताको कथा प्रस्तुत गरिएको सायदको दोस्रो पुस्ताका दुश्य भारतीय कल्ााकार छन्ा ।
चपल्ाी हाइटलाई सेन्सरको टेन्सन
काठमाडौं फिल्मको नाम सुन्ने बित्तिकै धेरैलाई लाग्न सक्छ सत्य घटनामा आधारित हो । तर चपल्ाी हाइट फिल्मका निर्माता अर्जुनकुमार त्यस्ता जिज्ञासुहरुल्ााई स्पष्टीकरण दिँदा दिँदा हैरान भएका छन्ा । उनल्ो शुक्रबार फिल्मको सुटिङ समापनमा समेत प्रष्ट पारे कृपया नझुक्किनुहोल्ाा मेरो फिल्मको कथा काल्पनिक नै हो ।
उनी काठमाडौंस्थित चपल्ाी हाइटसँग फिल्मको सरोकार नै नभएको चाहिँ भन्दैनन्ा । फिल्मको धेरै घटना चपल्ाीमै हुन्छ उनल्ो भने तर फिल्ममा चपल्ाीमात्र होइन पोखराका दृश्य समेत छ । उनल्ो अघिल्ल्ााे फिल्म द युगदेखि युगसम्मकै निर्देशक दीपेन्द्र के खनाल्ाल्ााई यसमा दोर्होयाएका छन्ा । उनको काम मन परेर फेरि काम गरेको हुँु उनल्ो भने ।
फिल्ममा नयाँ हिरोइन बिनिता बराल्ाको मुख्य भूमिका छ । बिनिताका कतिपय दृश्यल्ो गर्दा सेन्सर बोर्डल्ो एडल्ट सर्टिफिकेट दिने हो कि भन्ने चिन्ता अर्जुनको छ । यो एडल्ट फिल्म होइन तर सर्टिफिकेट एडल्ट नै पाउनसक्छ संवाद पनि सेन्सर बोर्डल्ााई नपच्न सक्छ अर्जुनल्ो जनाए । फिल्ममा अमिर गौतम र राज घिमिरे दुई हिरो छन्ा । दुई हिरो र एक
हिरोइनबीचको त्रिकोणात्मक सम्बन्धमा फिल्म बनेको छ ।
प्रेम सस्पेन्स र थि्रल्ार समेटिएको तर यो हरर फिल्म नभएको खुल्ााउँछन्ा निर्देशक दीपेन्द्र । ४५ दिनमा फिल्मको सुटिङ सिद्धिएको हो । सुटिङमा भएका कामप्रति दीपेन्द्र खुसी छन्ा । सुटिङ समापन समारोहमा निर्माता अर्जुनकुमारल्ो अर्काे फिल्म पहिल्ााे माया निर्माण गर्ने घोषणा समेत गरे । त्यसको स्क्रिप्ट तयार भइसकेको बताउँदै उनल्ो चपल्ाी हाइटको रिल्ािज मंसिर ९ मा गर्ने ल्ाक्ष्य रहेकोपनि बताए ।

Posted by aaj ko khabar at 6:31 AM 0 comments
Email This BlogThis! Share to Twitter Share to Facebook
दाताको आवरणमा लुट र अनैतिक धन्दा अठार वर्षदेखि नेपालमा के के गर्दैछन् यी जापानी

जापान भ्रमण जानेहरु सावधान !
काठमाडौं । नराम्रो नियत भएकाहरुले असल आवरणमा आफूलाई प्रस्तुत गर्न सकेको खण्डमा जो कसैलाई पनि ठग्न गाह्रो हुँदो रहेनछ । जापानमा समाजसेवी र नेपालमा दाताको आवरणमा देखिने जापानको हादानो नगर स्थायी घर भएका सुगाहिको सुगिमोतोको नियत बुझीनसक्नु छ । अठार वर्षदेखि लगातार नेपालमा रहँदै आएका सुगिमोतोको धन्दा सिधा नेपालीमािथ दाताको आवरणमा लुट मच्चाउनु हो भने सोझा जापानीलाई समाजसेवीको भेषमा झुक्याउने रहेको बुझिएको छ ।
काठमाडौं महानगरपालिकाबाट कसैको स्वार्थ पूरा गरिदिए वापत ुविकाश दूतु को समेत पगरी गुत्न पाएका सुगिमोतोले विगतका कुनै पनि आश्वासन पूरा नगरेपछि यतीबेला महानगरपालिकाभित्र हेलाँको पात्र मात्रै भएका छैनन् त्यहाँ जानै छाडेका छन् भने एक व्यवसायीलाई प्रलोभनमा पारेर जापानी भाषा सिकाउने इन्ष्टिच्यूटमा पनि उनले बोलेअनुसारको गर्न नसक्दा लगानीकर्तासँग ठाकठुक परेको बताइन्छ । आफूलाई पि्रन्सीपल घोषणा गरेका उनले भाषा सिक्न आउनेलाई जापान पनि पठाउने भन्दै ठगी गरीरहेको बताइन्छ । गार्मेन्ट तथा हाइड्रोमा समेत लगानी गरेका व्यवसायी भरत ढकाललाई विभिन्न प्रलोभन दिएर ठग सुगिमोतोले एसीए जापान नामको संस्थामा कन्ट्री डाइरेक्टरको पदवि दिएका छन् । उनै ढकालको बत्तिसपुतलीस्थित घरमा चलाइएको भाषा स्कुलमा एसीए जापानको बालुवाटारस्थित कार्यालयकै कर्मचारी दिनेश श्रेष्ठ र गोकुल भूजेलले अध्यापन गर्दै आएका छन् । जापानमा अध्ययनका नाममा गएर ुओभरस्टेु पछि नेपाल फर्केका उनीहरु दुबै यती धूर्त छन् कि ठ्याक्कै सुगिमोतोकै शैली अनुसरण गर्न पोख्त छन् । स-साना विषयमा समेत कमिशन खान पल्केका उनीहरुकै सहयोगमा सुगिमोतोले नेपालीमाथि लुट मच्चाएको बताइन्छ । नैतिक आचारण समेत राम्रो नभएका सुगिमोतोलाई ुतरुनीुको व्यवस्था समेत दिनेश र गोकुलले उपलब्ध गराउने गरेको स्रोतले बतायो । पछिल्लो समयमा एउटी भूजेल थरकी लोग्ने नभएकी ग्रामीण भेगकी महिला र उनकी छोरीलाई नै गोकुलले सुगिमोतोलाई भिडाएर उनीसँग अझै नजिक बन्न पुगेका छन् ।
दाताको भेषमा चिनिन चाहाने सुगिमोतोले आफूलाई यती महान ठान्दछन् कि अरुको कुरै सुन्न चाहान्नन् । नेपालमा बसेर नेपालीलाई नै बारम्बार पशुकै व्यवहार गर्न खोज्ने सुगिमोतोको गोप्य धन्दाहरु पनि हुन सक्ने बताइन्छ । दिएको दान भन्दा बढी प्रचारमा आउन रुचाउने सुगिमोतॊले नेपाल-जापान गरिरहनुको रहश्यसमेत रहश्यमय छ । नेपालमा दाताको रुपमा सकि्रय रहेको प्रचार गरेर जापानमा एसीए नामक गैरसरकारी संस्था खोलेर त्यसको अध्यक्ष समेत भएका सुगिमोतोले हादानोका नगरप्रमुख फूरीया मोसीयुकीलाई समेत गुमराहमा पारेर त्यहाँबाट वार्षीक ठूलो धनराशी लिने गरेका छन् भने थुप्रै जापानीलाई भोलेन्टीएरका नाममा काममा लगाएर पनि शोषण गरीरहेको पाइएको छ । त्यस बाहेक पनि मैले नेपालमा यसो गरेको र उसो गरेको छु भन्दै आफँैले तयार पारेको रिपोर्ट देखाएकै भरमा सोझा जापानीबाट लिएको सहयोग राशीमाथि व्यापक दूरुपयोग गरेको चाल पाएपछि यतीबेला जापानस्थित एससीए संस्थामा ठूलै किचलो परेको छ । कतिपयले सुगिमोतोको व्यवहारबाट दिक्क भएर एसीएलाई सहयोग गर्नै छाडेका छन् । आफ्नो सम्पूर्ण सम्पत्ती नेपालमै दान गरेको बताउने सुगिमोतोको जापानमा सम्पत्ती नै नभएको एसीएकै एक पदाधिकारीले बताए ।
जापानमा घर परिवार नै नभएका सुगिमोतोको दैनिकी विगतमा दिक्क लाग्दो थियो तर उनले एसीएको सहयोग रकममाथि हालिमुहाली गर्न थालेपछि भने केही परिवर्तन आएको छ । जापानका विद्यालयमा फालिएका पियानो र संगित सम्वन्धि अन्य विभिन्न वाजा संकलन गरी नेपाल ल्याएर राम्रा-नराम्रा छुट्टाएर राम्राजती राजधानीका केही नीजि स्कुल जुन उनलाई यहाँ लुटतन्त्र मच्चाउन सहयोगीका रुपमा रहेका छन् उनीहरुका स्कुललाई र बाँकी विभिन्न दुर्गम क्षेत्रका स्कुललाई सहयोगका नाममा उपलब्ध गराउने सुगिमोतोको धन्दा हो ।
नेपालमा आफ्नो पहलमा वार्षीक एक एक वटा स्कुल बनाएको भन्दै प्रचार गर्न चाहाने सुगिमोतोले जापानका धनाढ्य तर सोझा व्यक्तिलाई झुक्याएर संकलन गरेको रकममाथि आफैँले मनपरी गर्न थालेपछि उक्त संस्थाभित्र ठूलो किचलो सुरु भएको छ । कतिपयले उनको मनलागि हेरेर बस्न नसकेपछि संस्था नै छाडेर गएका छन् ।
यसैगरी प्रत्येक वर्ष नेपाली विद्यार्थीलाई जापानको शैक्षिक भ्रमण गराउने भनि गरीएको प्रचारमा समेत सुगिमोतोले ठूलै लुट मच्चाउने गरेका छन् । वार्षिक पच्चीसदेखि तीस विद्यार्थीलाई जापान घुमाउने नाममा उनले जनही एक लाख साठी हजार असुल्ने गरेका छन् । असुलिएको त्यो रकमले दुईतर्फी जहाज टिकट खानबस्न तथा घुमघाम भनिएको छ । तर एसीए जापानका बालुवाटरका जुकाहरुले यहीँबाट अतिरिक्त रकम शोषण गर्न थाल्छन् । यसपटक अक्टोबर ९ मा जाने र अक्टोबर २४ मा फर्कने भनेर विज्ञापन गरिए पनि विद्यार्थी संख्या तोकिएको छैन मात्र नपुग पाँच जना भनिएको छ । जापान जानका लागि हौसियका विद्यार्थीहरु त्यहाँ पुगेको केही घन्टादेखि नै सुगिमोतोको व्यवहारबाट थाक्दै जाने छन् भने दुई तिन दिनमै उनीहरु पूर्ण शिथिल बन्ने गरेको विगतमा जापान पुगेर फर्केका विद्यार्थीको गुनासो छ ।
ुन गतिलो खान पाइन्छ न भनेको ठाउँमा घुम्नैु एक विद्यार्थीले आफ्नो गुनासो पोखे ुउसैले जताजता भन्छ त्यतैत्यतै जाने हो । भेँडाबाख्राकै शैलीमा लाइन लगाएर हिँडाउनेमात्र नभएर जतिसुकै बेला रिसाउने गर्दा भ्रमण खल्लो भयो ।ु ती विद्यार्थीका अनुसार निःशुल्क सेन्टरहरुमा बास बसाइने र दाताहरुसँगबाट खानाको जोहो गरीने गरिन्छ । स्वाद र खानाको अवस्था नमिल्दा थुप्रै विद्यार्थी विरामी नै पर्ने गरेको पनि उनले बताए । ुके के न भ्रमण गराउला भनेको जहाँ सित्तैमा छिर्न पाइन्छ त्यहाँ मात्रै लग्दो रहेछु ती विद्यार्थीले भनेुकहिले आफ्नै संस्थाले संरक्षण गरेको जंगलमा लगेर दिनै बिताइदिने कहिले सखरखण्ड खन्न लैजाने दमकल देखाउने फोहोरमैला नष्ट गर्ने ठाउँ खानेपानी यस्तै यस्तै ठाउँमा र पार्कहरुमा घुमाएर दुई हप्ता कटाएर फर्काउने गर्दाे रहेछ ।ु उनले भने ुटोकियो त घुम्न पाइएन आफ्नै देशको राजदूतावासमा त लगेन भने अन्त कता लैजाला बेकारमा पैसाको मात्रै सत्यानाश !ु
स्रोतले दिएको जानकारीअनुसार शैक्षिक भ्रमण सुगिमोतोको नितान्त लुट धन्दा मध्येको एक हो । यताबाट जाने विद्यार्थीका नाममा संयुक्त लगेज पठाउने र उताबाट फर्कने क्रममा पनि त्यसैगरी लगेज पठाउने धन्दा सुगिमोतोको हो । भ्रमणमा जानेहरुसँग एउटै उडानमा नजाने र उताबाट पनि नफर्कने सुगिमोतोको नियतमाथि त्यहाँ पनि खोट देखिन्छ भने नेपाली विद्यार्थीसँग महंगो शुल्क असुल्ने सुगिमोतोले भाग्न सक्ने आशंकामा एअरपोर्टदेखि नै पासपोर्ट कब्जामा लिने र जासुस अघिपछि लगाउने समेत गर्न पछि पर्दैनन् । जब भाग्छ भन्ने लाग्छ भने त्यस्ता विद्यार्थीलाई शैक्षिक भ्रमणमा किन लैजाने जंगलको एकान्तमा निर्माण गरिएका सेन्टरमा पुर् याएर भ्रमणमा गएका विद्यार्थीलाई कोठाभित्रै समय कटाउन बाध्य पारिने उसको नियत असल मान्न नमिल्ने भ्रमणबाट फर्केकाहरुको गुनासो छ । भ्रमणमा लगिएका विद्यार्थीलाई शिकाउन परैजाओस् भेँडाबाख्राको व्यवहार गर्दा समेत चुप लागेर उसैको कुरा सुन्नु पर्ने बाध्यता रहेको भ्रमणबाट फर्केकाहरुको गुनासो छ । उनीहरुले त्यस्तो भ्रमण नगर्न समेत आग्रह गरेका छन् ।
चर्काे रकम असुलेर भ्रमणमा लगिएका विद्यार्थीलाई देखाएर संस्थाले निःशुल्क ल्याएको भन्दै जापानका विभिन्न दातासँग रकम असुल्ने सुगिमोतोको धन्दालाई काठमाडौंस्थित एसीए जापानको कार्यालयमा रहेका उसकै सहयोगी गोकुल र दिनेश नामका कर्मचारीले पनि बडो साथ दिँदै आएका छन् । जापान भ्रमणका क्रममा जापानी समाजसेवीहरुले राखेको जिज्ञासा विद्यार्थीले फर्काएको भनाइँको ठ्याक्कै उल्टो र आफ्नो संस्थाका प्रमुखको निर्देशन अनुसार भाषा रुपान्तरण गर्न पोख्त दिनेश र गोकुलको धन्दा पनि सुगिमोतोको भन्दा कम छैन । सुगिमोतोले जापानमा कसरी सहयोगका नाममा रकम जुटाएका छन् र त्यो रकम कहाँ कसरी खर्च भएको छ भन्ने बारेमा एसीए नामक संस्थाकै पदाधिकारीसँग गरेको कुराकानीपछि संकलित रकम निकै दूरुपयोग भएको र समाजसेवा र दाताको आवरणमा सुगिमोतोले आफ्नो जिवनशैलीलाई विलासीताका रुपमा भोग गरिरहेको पनि खबर प्राप्त भएको छ । हादानो नगरपालिकाका अन्तर्राष्ट्रिय परस्पर साँस्कृतीक तथा पर्यटन अफिसर मासायो सातोसँग कुराकानी गर्दा नगरपालिकाले नेपालीको शैक्षिक तथा कृषि क्षेत्रका लागि ठूलो आर्थिक सहयोग गरेको कुरा खुस्क्याएका थिए ।
भ्रमणका क्रममा यताउती जानका त कुरै छाडिदिउ आफूखुसी कसैसँग बोल्न समेत नदिने सुगिमोतोको नियत छर्लङ्गै छ । दुई साताको भ्रमणका लागि भनेर हौसियर जापान पुगेका विद्यार्थी फर्कँकदा ुनुन खाएको कुखुरो झोक्राएजस्तैु गरी फर्कन बाध्य हुन्छन् । भ्रमणका क्रममा ८० प्रतिशत खाना अरुले नै उपलब्ध गरिदिएको हुन्छ भने खानाको स्वाद र अवस्थाले विद्यार्थीहरु विरामी नै परेर फर्कने गरेको बताइन्छ । जापानका प्रख्यात ब्याण्ड मास्टर मीनीची मिनामीलाई समेत विभिन्न प्रलोभनमा पारेर उनको नाम समेत सुगिमोतोले बेच्ने गरेको बताइन्छ । यसैगरी सुगिमोतोले एसीएका नाममा कसकसलाई फसाएका छन् कसकसले संस्था छाडे भन्ने बारेमा खोजी भइरहेको छ ।
एसीए जापानका अध्यक्ष सुगिमोतोले नेपाली जानेर पनि नबोल्नुले पनि उनले थुप्रै ठगी धन्दा गरेको आशंका गर्न गाह्रो छैन यस बारेमा जापानी एम्वेसीले समेत उनका शंकाष्पद गतिविधिबारे बेलैमा छानविन गर्नु पर्ने देखिएको छ ।

No comments:

Post a Comment