Wednesday, September 21, 2011

नेतालाई गुहादै पुर्व महानिरिक्षक

काठमाडौं÷पदिय दुरुपयोग गरि अकुत सम्पति कमाएको मुद्दामा सर्बोच्च अदालतले छानविन प्रकि्रया अन्तिम चरणमा पुर् याएपछि पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहोरा छटपटिमा
परेका छन् । प्रहरी प्रमुख भएको समयमा खरिद गरेको घर जग्गा तथा विभिन्न बैंकमा रहेको सम्पतीको श्रोत नखुलेपछि बोहोरा अहिले सुडान प्रकरणका दोषीहरु जस्तै आफु पनि कारबाहीको दायरामा पर्ने हो कि भनेर शक्ति केन्द्रतिर धाउन समेत शुरु गरिसकेका छन् । वोहोराको २ करोड ३८ लाख २३ हजार ६ सय २७ रुपैया ३७ पैसाको सम्पतिको श्रोत खुलेको छैन । २०४९ सालेदेखि २०५३ सालसम्म प्रहरी महानिरिक्षक बनेका मोतिलाल बोहोरालाई २ करोड ३८ लाख रुपैया भ्रष्टाचार गरेकेा अभियोगमा विशेष अदालतले सफाइ दिएपनि अभियोग सर्बोच्चमा विचाराधिन रहेको छ । विधाराधिन भ्रष्टाचारको मुद्दामा अख्तियारले कारवाही प्रकि्रया धमाधम अघि बढाएपछि त्यसको फैसला चाँडै हुने डरले बोहोरा अहिले एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बाबुराम भट्टराइका साथै काग्रेस र एमालेका शिर्ष नेताहरुलाई समेत भॆटेर आफुलाई जोगाइदिन अनुरोध गर्दै आएका छन् । २०४८ सालपछि प्रहरीमा नेताहरुको आशक्ति बढन थालेको समयमा बोहोरा प्रहरी प्रमुख भएका थिए । राजनीतिक कारण नै उनी महानिरिक्षक हुँदा प्रहरी भित्र फुटाउ र राजगरको नीति खडा भएको थियो । जुन पार्टीका नेता गृहमन्त्री भए तीनले प्रहरी संयन्त्रलाई दल र चुनावको लागि प्रयोग गर्ने क्रममा बोहोराले पनि अकुत सम्पति जोडेका हुन ।
बोहोराको मुद्दा विशेष अदालतबाट सम्पतिको श्रोत खुलाउनका लागि हदम्यादको आधारमा खारेज भएको थियो । तत्कालिन प्रधानान्यायाधिस अनुपराज शर्मा समेतको इजलासले भ्रष्टाचारको मुद्दामा हदम्याल लाग्दैन भन्ने फैसला गरेपछि त्यसकै आधारमा आफनो मुद्दा फैसला भएकाले जोगाउनका लागि बोहोरा अहिले विहानदेखि बेलुकीसम्म शक्तिकेन्द्रहरुमा
धाउने गरेका छन् । उनी निकटका ब्यक्तिहरु भन्छन- अकुत सम्पतिका मालिक बोहोरा सम्पती गुम्ने र जेल जानुपर्ने डरले मुद्दा खारेजी प्रकि्रयाका लागि शक्तिकेन्द्रहरुको सम्र्पकमा गएका हुन ।ु अरुलाई नियम कानूनमा बाध्ने कानूनका रक्षक मानिने प्रहरी संगठनका पूर्व प्रमुख सग्लन रहेको मुद्दालाई अलि विस्तृत रुपले हेरेर केही समयमा नै अन्तिम फैसला गर्ने तयारीमा सर्बोच्च पुगेको छ। प्रहरीको छवि नै धुमिल हुने गरी भ्रष्टाचार भएकाले बोहोरा लगायतका पूर्व प्रमुखहरुको मुद्दामा प्रहरी संगठनभित्रैवाट पनि सर्बोच्चले पछिल्लो समयमा सहयोग पाइरहेको छ । एक प्रहरी अधिकृत भन्छन-छानविन गर्ने हो भने सुडान भन्दा ठुलो भ्रष्टाचार बोहोराले गरेकेा प्रमाणित हुनसक्छ ।ु

No comments:

Post a Comment