Wednesday, November 16, 2011

ख्ातिवडा टया्पेको आक्रमणमा

काठमाडौं÷नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा ट्यापे चढेको मोटरसाईकलले ठक्कर दिदा घाइते भएका छन । केहि दिन अगाडि खतिवडा काठमाडौंको डिल्लीबजारमा आफ्नो गाडीबाट ओर्लदा समुहमा रहेका ट्यापेहरुको मोटरसाईकलले ठक्कर दिएपछि घाइते भएका हुन । मोटरसाईकलको ठक्करबाट उनको निधारमा चोट लागेको छ । हाल प्रर्दशनीमार्गस्थित मोडेल अस्पतालमा उपचार गराइरहेका खतिवडाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उनको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन । चोटले मस्तीष्कमा कुनै असर नगरेको भएपनि केहि दिन आराम गर्न चिकित्सकहरुले सल्लाह दिएको उनले अभियान टाइम्सलाई बताए । खतिवडालाई ठक्करदिने मोटरसाईकल र चलाउने व्यक्ति प्रहरीको निगरानीमा रहेको प्रहरीले जानकारी दिएको छ ।

ब्राह्मण र खसले आन्दोलन चर्काए



काठमाडौं । राज्यले जातजातीबिच सद्भावपुर्ण एकता कायम गर्न नसकेको र भित्रभित्रै आपसमा लड्न बाध्य
गराएको भन्दै ब्राह्मण समाज नेपाल र खस क्षत्री समाज राष्ट्रिय महासंघले आन्दोलन गरिरहेका छन । ब्राह्मण र खस क्षत्री राष्ट्रिय संघर्ष समिती गठन गर्दै आन्दोलनलाई थप तिब्रता दिने बुझिएको छ । राजधानीमा केही दिन अगाडिदेखि ठाउँ ठाउँमा जुलुस धर्ना दिँदै सो समाजले आफुहरुलाई मुलजातीमा सुचीकृत गरियोस भन्ने
नारा लिएर अगाडि बढेका छन । ब्राह्मण खस क्षत्री दलितदशनामी ठकुरी जातीलाई आदिवासी र मुल जातीमा सुचीकृत गरियोस् भन्दै उनीहरु अगाडि बढेका छन । राज्यमा बिखण्डन ल्याउन जातीय आरक्षण अगाडि बढाईएको भन्दै आपत्ति प्रर्दशन गरेका छन । जातीय आधारमा विभेदकारी निती ब्यबहारमा नल्याउन सरकारलाई चेतावनी समेत दिँदै जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व होस भन्ने संघर्ष समितिको एजेण्डा रहेको छ । सदियौंदेखि राििष्ट्रय पोशाकका रुपमा स्वीकार्दै आएको पुरुषको दौरा सुरुवाल र टोपी महिलाको गुन्यु चोली बिश्वमै नेपालीको पहिचान भएको हुँदा त्यसलाई राष्ट्रिय पोशाकका रुपमा यथावत राख्न माग गरेका छन ।

सेलायो अनुगमन
दशैं र तिहार अगाडि एकाएक खाद्यबस्तुमा गरिएको अनुगमनबाट केही भएपनि राहातको महसुस गरेका नेपाली जनता अहिले अन्यौलमा परेका छन । अनुगमन भएको देख्दा ताली पिटिएपनि कारबाही प्रकि्रयामा भने खासै उपलब्धि नदेखिएपछि जनता उदासिन भएका हुन । स्वास्थ्य माथि खेलवाड चर्को दबदबा भएपछि काला ब्यापारीमाथि गरिएको अनुगमन अहिले देखाउनका लागि जस्तै भएको छ । बजारमा बिभिन्न प्रकारका अखाद्य बस्तुहरु पटक-पटक समाचार माध्यममा आएपनि सम्बन्धित निकायले कानमा तेल हालेझैं
गरेको छ भने अनुगमन गरेका र छानबिनमा परेका कालाबजारीयाहरुलाई न त प्रकि्रया पुर् याएर कारबाही नै गरेको छ बरु केही रकमको मिलेमतोमा उनीहरुलाई उम्किने बन्दोबस्त मिलाउन लागि परिरहेको छ । यता खाद्यबस्तुभित्र बढ्दो अखाद्य बस्तुहरुको प्रयोगसँगै कर छलीका काला ब्यापारीलाई उम्किनका लागि आन्तरिक रुपमा सजिलो बाटो सरकारले नै बनाउन लागेको छर्लङ्ग भएको छ । एक ताका बजारको गुँदपाक मात्रै होइन धेरै खाद्य पदार्थ दुषित र फोहोर रहेछ भन्ने
कुरा पत्ता ल्ागाउँदै िहंड्ने टोल्ाी अहिल्ो सबैथोक ठीकठाक भए झैं आनन्दले बसेको छ ।
पछिल्ल्ााे समयमा न कोही होटल्ाको भान्सा हेर्न निस्केको छ न दूध र पानीका फैक्ट्री जाँच गर्न । ल्ागातारको अनुगमनल्ो ब्यापारी केही सचेत जस्ता देखिएपनि उनीहरु सुधि्रएका छैनन्ा् । मनपरी भाउ मिसावट र फोहोरको अवस्था उस्तै रहेको उपभोक्ता बताउँछन्ा । तर दशैं तिहारको हल्ल्ाीखल्ल्ाील्ो सबै सुधार आयो भन्ने पारामा अनुगमन टोल्ाी किन चुप बसेको छ जताजतै प्रश्न उब्जिएको छ । वाणिज्य विभागका अधिकारी नै नतातेका कारण अनुगमन हुन नसकेको प्रष्टै छ । उपभोक्ताका अधिकारकर्मीको दबाबमा समेत अनुगमन हुन सकेको छैन । वाणिज्य विभागका पहिल्ो भएका अनुगमनको विश्ल्ोषण र समीक्षाको काममा व्यस्त छ भन्दै आलटाल गरेको अबस्था छ । अनुगमन देखाउनका लागि गर्ने हो कि सर्वसाधारणको स्वास्थ्यमा असर पर् यो भनेर गर्ने हो आम जनतामा प्रश्न उब्जिएको छ । बजार अनुगमनको प्रभाव र समीक्षा विषयमा जिल्ल्ाा जिल्ल्ाामा गोष्ठी भैरहेको अबस्था छ तर बजारमा भने काल्ााेबजारी र मिसावट गर्ने व्यापारील्ााई मनोबल्ा बढ्दै छ ।

No comments:

Post a Comment