Friday, November 11, 2011

कलाकारितालाई राष्ट्रले सम्मान गर्न सक्नु पर्छ

कलाकारितालाई राष्ट्रले सम्मान गर्न सक्नु पर्छ

हिराजबाबु गोर्खाली
गायक तथा नायक
पछिल्लो पुस्ताका चर्चित र विषयवस्तु अनुसारको अभिनय तथा शव्दको भाव अनुरुपको स्वर दिन सक्ने कलाकारका रुपमा चिनिन्छन हिराजबाबु गोर्खाली । उनले नेपालको लोक संस्कृतिमा आधारित दोहोरी गित गित गाएका छन भने केहि चलचित्रमा अभिनय समेत गरेका छन । सौभाग्य मान्न पर्छ उनकै भनाईमा उनले गाएका र अभिनय गरेका कुनै पनि चलचित्र र गित फलप भएका छैनन् । तीनै गायक तथा नायक गोर्खालीसंग अभियान टाइम्सले गरेको कुराकानीको सार संक्षेप ः-कलाकारिता क्षेत्रमा प्रवेश गरेको कति बर्ष भयो
प्रोफेसनलली कलाकारिता क्षेत्रमा लागेको तीन बर्ष भयो । सुरुवात गरेको त सात आठ बर्ष भइसक्यो ।
पछिल्लो समयमा कताकारिता क्षेत्रमा रहेर मात्र बाच्न सक्ने अवस्था छ कि छैन
कलाकारिता क्षेत्र भनेको पहिला त आफ्नो नाम चर्चामा ल्याउनका लागि लाग्ने पेसा हो । यस क्षेत्रमा लागेपछि त्यहि पेशाबाट कमाएको पैसाले बाच्न पनि अवस्य पर्छ । र पछिल्लो समयमा सिकेर सक्षम बनी आएमा बाच्न सकिन्छ ।
नयाँ कलाकार उदाउने अवस्था बढ्दो छ तीनीहरुमा क्षमताले भन्दा पैसा खन्याएर कलाकार बनीन्छ भन्ने मानसिकता भएको पाइन्छ के हो सत्यता
खै मलाई त त्यस्तो लाग्दैन । पहिला पैसा लगाएर भएपनि आफ्नो नाम सुनाउन पाए हुन्थ्यो भन्ने लाग्छ सबैलाई तर यस क्षेत्रको बारेमा बुझ्दै गएपछि त्यो सबै मानसिकता हटेर जान्छ र कता नभई यो क्षेत्रमा लाग्नुको अर्थ रहेनछ भन्ने मान्छेले बुझ्छ । यहि पैसा लगाएर मात्र कलाकार भइने भएमा कुनै कलाकारमा गित धेरै चर्चामा आएका छन । कसैले आफ्नो लगानी पनि उठाउन सकेका छैनन त किन त्यस्तै नायकमा पनि त्यस्तै हो । कुनै पहिल्लो समयमा यस क्षेत्रमा लागेर पनि आफ्नो प्रभुत्व जमाउन सफल भएका छन केहिको नाम पनि सुन्न समेत पाइदैन ।
कलाकारिता क्षेत्रमा आउन चाहनेले पहिला के के पुरा गरेर यो क्षेत्रमा प्रवेश गर् यो भने सफल कलाकार बन्न सक्छ
पहिला आफु कलाकारिता क्षेत्रको बुन विधामा लाग्ने हो
त्यो निक्यौल गर्नु पर्छ । त्यसपछि त्यस विधाको लागि आफु योग्य हो कि होइन त्यसको बारेमा पनि यस क्षेत्रका व्यक्तिहरुसंग परामर्श गर्नु पर्छ । अनि त्यस क्षेत्रमा गएर सफल कलाकार बन्नका लागि चाहिने आधारभुत आवस्यकताका बारेमा तालिम लिनु पर्ने हुन्छ । जस्तो नायक बन्नका लागि जिउडाल उपयुक्त छ कि छैन त्यसको परिक्षण गर्नुपर्छ त्यसपछि नायक बन्दा गर्नुपर्ने एक्टीङ गर्न सक्नु पर् यो । त्यस्तै गायक बन्नका लागि पनि स्वर परिक्षण गर्नुपर् यो आदि इत्यादि ।
यी कुनै कुरा नभएका पनि पैसाको भरमा कलाकार बन्ने गरेको भन्ने गुनासो आइरहेको छ नि
होइन पैसाले एक दुई दिन पो भइएला तर सधैभरी पैसा खर्च गरेर त हुने कुरा त हुदैन नी । ती सबै गलत कुरा हुन ।
कलाकारिता क्षेत्रलाई सरकारले पनि उपेक्षा गरेको भन्छन नी कलाकारहरु
कलाकार भनेका राष्ट्रका गहना हुन । कलाकारहरुको बारेमा राष्ट्रले हेर्नुपर्छ । अन्य क्षेत्रका लागि राज्यले जुन मापदण्ड बनाएर आवस्यक सहयोग र सदभाव देखाएको छ । त्यो कलाकारिता क्षेत्रका लागि पनि गर्नु आवस्यकता छ । हाम्रो माग पनि राज्यले यसमा ध्यान देओस भन्ने हो ।
यहाँले अभिनय गरेको सबैभन्दा चलेको चलचित्र र यहाँले गाएको सबैभन्दा चलेको गित कुन हो
अभिनय गर्नका लागि मैले आफुले चाहेजस्तो अभिनय गर्ने अवसर आजसम्म पाउन सकेको छैन । यसो हुनाले पनि मैले नायक हु भनेर खुल्ला हृदयले भन्न सक्ने अवस्था छैन । चलचित्रमा नायकको भुमिका पाउनका लागि डाइरेक्टरको र निर्माताको मन जित्न सक्नु पर्छ । त्यसमाथि पनि उनीहरुले नयाँलाई जिम्मेवारी दिन हिचकिचाउछन । त्यसैले यो भएको हो जस्तो लाग्छ । मैले अभिनय गरेका तीन ओटा चलचित्र प्रदशनमा आएका छन । ती चलचित्र सफल नै भएको छन । अर्को एउटा नयाँ चलचित्र बन्दै छु त्यसमा नायक भएर आउने तयारीमा छु । मैले धेरै लोकगित गाएको छु । प्राय ती सकै लोकगित चलेका छन । पछिल्लो समयमा मेरो एउटा आधुनीक गित बजारमा आउने तयारीमा छ । त्यो पनि सफल नै होला भन्ने अपेक्षा लिएको छु । यस एल्वममा प्राय सबै चलेका रचनाकारहरुले शव्द लेखेकोले सफल होला भन्ने अपेक्षा लिएको हु । अहिलेसम्म मैले लगानी गरेको गाएको अभिनय गरेको र डुबेको भन्ने कुनै छैन यसलाई सौभाग्य मान्नु पर्छ ।
आगामी दिनमा यी बाहेक नयाँ योजना
म नेपाली संगितमा पनि नयाँ पन ल्याउन खोज्दै छु । अन्र्तराष्टिय क्षेत्रमा सुहाउने किसिमको संगित र अभिनय बनाउने मेरो योजना छ र त्यसमै म लागिरहेको छु ।

No comments:

Post a Comment