Wednesday, November 16, 2011

मंसीर ५ मा प्रधानमन्त्री घेरिने

मंसीर ५ मा प्रधानमन्त्री घेरिने

काठमाडौं । माओवादीको दश वर्षे जनआन्दोलन ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनमा सहिद भएका सहिदका परिवारहरुले प्रधानमन्त्री निवासलाई घेरेर धर्ना दिने भएका छन् । सहिदले गर्दा आएको लोकतन्त्रमा सहिदलाई राहत दिने काम हात्तिको दात भएको भन्दै सहिद परिवार तथा जनआन्दोलनका घाईते संयुक्त संघर्ष समितिले पहिलो चरणको आन्दोलन अन्र्तगत प्रधानमन्त्री निवासमा धर्ना दिने भएका हुन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपालमा शहिदको उपाधि अत्यन्त सस्तो भएको दावी गर्दै सत्ताका निम्ति राजनीतिक दलहरुले विभिन्न नाममा आपुना नातागोताको भरणपोषण गरेको शहिद घोषणा गर्ने परिपाटीले वास्तविक शहिदको इतिहास नै समाप्त पारेको र घाईते अपाङ्गहरुको अवमूल्ययन भएको
आरोप लगाए ।
पत्रकार सम्मेलनमा शहिद परिवार तथा जनआन्दोलनका घाईतेहरुसँग गरेका सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्ने शहिद घोषणा र घाईतेको उचित व्यवस्थापन गर्न तत्काल सर्वसम्पन्न सर्वपक्षीय र सर्वधिकार आयोग गठन गर्नु्रपर्नेलगायत ९ सूत्रीय मागसहित पहिलो चरणको आन्दोलनमा उत्रेका छन् ।
उनीहरुले २०६८ मंसीर १ देखि ४ गतेसम्म राजनीतिक पार्टीहरुसँग परामर्श गर्ने ५ गते प्रधानमन्त्री निवासमा ३ घण्टा धर्ना बस्ने ६ गते िसंह दरबार अगाडि चक्का जाम गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै शहिद प्रतिक स्मृति केन्द्र नेपालका अध्यक्ष जेवी धौलाकोटीले शहिदको स्पष्ट मापदण्ड नभएकाले वास्तविक शहिदहरु राहतबाट बन्चित हुनुपरेको गुनासो गरे ।
ऐतिहासिक जनआन्दोलनका शहिद परिवार तथा घाईते सरोकार समितिका अध्यक्ष मेघराज आचार्यले नेताहरुले आपुनो सत्ता स्वार्थका लागि शहिद परिवारलाई टुहुरो बनाएको आरोप लगाए ।

No comments:

Post a Comment