Wednesday, November 16, 2011

कास्की जिल्ला तेक्वान्दोमा गुरुङ

< पोखरा । कास्की जिल्ला तेक्वान्दो सङ्घको प्रथम जिल्ला अधिवेशन आगामी तीन वर्षको लागि नयाँ कार्यसमितिको चयन गर्दै शनिबार सम्पन्न भएको छ।पोखराको मासबारस्थित स्टेप बाई स्टेप उमाविको प्राङ्गणमा सम्पन्न अधिवेशनले जगन बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा अर्जुन थापा सचिवमा प्रेमनारायण न्यौपाने सहसचिवमा निर्मला बराल कोषाध्यक्षमा ललितबहादुर धामी तथा सदस्यहरुमा क्या। भूपालिसंह गुरुङ सुनिल गुरुङ कुमार गुरुङ र राजन पौडेल रहेका छन्। नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगर सदस्यहरु विष्णुप्रसाद लम्साल र मीनराज काङ्गले केन्द्रीय प्रतिनिधि नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य हरिश्वर पोखरेल पूर्व सल्लाहकारहरु योगेन्द्र बस्नेत रत्नमान गुरुङ रमेश भट्टचन स्टेप बाई स्टेप उमाविका संस्थापक निर्देशक निर्मला बराललगायतले खादा लगाएर प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल तेक्वान्दो सङ्घको विधानअनुसार निर्वाचन विधिबाट ५० प्रतिशत तथा मनोनीत विधिबाट ५० प्रतिशत कार्यसमितिमा आउने व्यवस्था छ। अध्यक्षले एक उपाध्यक्ष र चार सदस्य मनोनय गर्न पाउने प्रावधानअनुरुप अध्यक्ष गुरुङले द्वितीय उपाध्यक्षमा राजु श्रेष्ठ र महिला सदस्यमा प्रभा गौतमलाई मनोनयन गरेका छन्।जिल्ला खेलकुद विकास समितिबाट एक जना प्रतिनिधि आउने व्यवस्था छ भने बाँकी तीन सदस्य सङ्घको पहिलो बैठकले मनोनीत गर्ने छ । यस्तै सल्लाहकारमा योगेन्द्र बस्नेत रत्नमान गुरुङ रमेश भटट्चन हरिश्वर पोखरेल चयन भएका छन् । अधिवेशनमा सचिव प्रेमनारायण न्यौपानेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन कोषाध्यक्ष राजु श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा अध्यक्ष जगन बहादुर गुरुङद्वारा प्रस्तुत आगामी वर्षको वार्षिक कार्ययोजना छलफलसहित पारित भएको थियो । यसअघि अधिवेशनको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सबैभन्दा धेरै मेडल दिलाउन सफल तेक्वान्दोले कास्की जिल्लामा पनि प्रगतितिर उन्मुख भएको भन्दै प्रशंसा गरे। उनले तेक्वान्दो सङ्घ कास्कीमा कि्रयाशील सङ्घमध्येमै पर्ने दाबी गरे।उनले सङ्घद्वारा साचालित खेलाडी कल्याणकारी अक्षयकोषको लागि समितिबाट तीन हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे। कोषमा हालसम्म करिब १० हजार जम्मा भइसकेको छ।यस वर्ष कोषमा ५० हजार पुर् याउने सङ्घको लक्ष्य रहेको सङ्घका अध्यक्ष जगन बहादुर गुरुङले जानकारी दिए । उनले तीन वर्षे कार्यकालभित्र पोखरा रङ्गशाला परिसरमा तेक्वान्दोको छुट्टै तालिम हल निर्माण गर्ने नर्या कार्यसमितिको मुख्य काम भएको बताउँदै यस वर्ष शिलान्यास गरिने जानकारी दिए । नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य हरिश्वर पोखरेलले खेलकुदको विकेन्द्रीकरण हुनुपर्छ भन्ने पहिलो मान्यतालाई कास्की जिल्ला तेक्वान्दो सङ्घले प्रमाणित गरेर देखाएको दाबी गरे।उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अझ उत्कृष्ट कार्य गरेर सिङ्गो नेपालको इज्जत राख्न सुझाव पनि दिए । सामुदायीक भवनका ल्ाागि च्यारीटी
ल्ाण्डन । साउथइष्ट ल्ाण्डन क्षेत्रमा नेपाल्ाीहरुको सामुदायीक भवन निर्माणका ल्ाागि तमुधी प्ल्ामस्टिड क्षेत्रीय समितिल्ो च्यारीटी डिनर गर् यो । हाउजीङ कमिटि मातहतमा प्ल्ामस्टिडस्थित सेन्टप्याट्रीक हल्ामा भएको च्यारीटी कार्यक्रममा विभिन्न समुदायका मानिसहरुको सहभागिता रहेको थियो । हाउजीङ कमिटिका अध्यक्ष श्रीचन्द्र गुरुङल्ो हाउजीङ प्रोजेक्टका बारेमा जानकारी गराएका थिए । उनल्ो तमु समाजल्ो निर्माण गर्न ल्ाागेको सामुदायीक भवन बौद्ध तथा हिन्दु धर्मका मानिसहका ल्ाागि फल्ादायी हुने विश्वास ल्ािए । भवनको एउटा कोठामा बौद्ध र अर्कामा हिन्दुको मन्दिर राखिने बताउंदै गुरुङल्ो भवन साउथइष्ट क्षेत्रका बृद्ध बाबाआमाहरुका ल्ाागि मनोराजनस्थल्ा समेत हुने बताए । भवन निर्माणका ल्ाागि अहिल्ोसम्म करीब छयासठ्ठी हजार पाउण्ड रकम संकल्ान भइसकेको छ । च्यारीटि कार्यक्रममा पनि सहभागि चन्दादाताहरुल्ो आर्थिक सहयोग गरेका थिए । त्यसैबीच स्थानीय समाजसेवी विजय गुरुङल्ो भवन निर्माणका लागि एक हजार पांच सय पाउण्ड आर्थिक सहयोग गरेका थिए ।

No comments:

Post a Comment