Monday, November 28, 2011

नखारिएको राजनीतिले देश र जनताको अबस्था नसुध्रने निश्चित

नखारिएको राजनीतिले देश र जनताको अबस्था नसुध्रने निश्चित
-लोकनारायण सुवेदी


ठूलो राजनीति परिवर्तन पछिको पाँच बर्षको अबधि बित्न लाग्दा पनि अझै नेपाल र नेपाली जनताको भबिष्य के हुने हो अनिश्चित नै छ । यसको टुंगो अझै लाग्न सकेको छैन । वास्तवमा यो महान् राजनीतिक परिवर्तन ल्याउनका निमित्त जति बर्ष लाग्यो र जत्रो ठूलो संघर्ष र बलिदान दिनुपर् यो मूल्य चुकाउनु पर् यो आज त्यसलाई नराम्रोसँग बिस्रदै गएको स्थिति छ । अन्यथा परिवर्तनका लागि एकसाथ मिलेर लडेका दलहरु सत्ताको लागि यति बिघ्न लुछाचुँडीमा लिप्त भएर लाग्ने नै थिएनन् । उनीहरुले एक पछि अर्को अबािाछत र अस्वाभाविक दलीय समीकरण बनाउन र कुसर्ीमा पुग्नमा आजको ऐतिहासिक र अमूल्य समय खेर फाल्ने सोचतिर ध्यानै दिने थिएनन् । सम्पूर्ण बिवेक बुद्धी बर्गत संबिधान निर्माण र शान्ति प्रकृयालाई सही टुंगोमा पुर् याउनमा नै प्रखर र प्रवल रुपमा केन्द्रित हुने थियो । देशले एउटा सुनिश्चित दिशा पाउने थियो । राजनीतिक ब्यवस्थापनको चरण पार गरेर मुलुक उन्नत आर्थिक बिकासको चरणतिर अघि बढ्न थालिसकेको हुने थियो । तर बिडम्बना ! जुन नहुनुपर्ने कुरा थियो त्यही भइरहेको छ। जे नगरिनु पर्ने त्यही गरिदैछ । जे नदेखिनु पर्ने त्यही देखिदैछ । त्यसले गर्दा अहिले मात्रै होइन भबिष्यमा पनि दलहरुले ठीकसँग भूमिका खेल्ने रहेनछन् भन्ने कुरा नै प्रवाहित भइरहेको र पुष्टी भइरहेको छ । दलहरुले हिजो नेपाली जनता र बिश्व समुदायका समते अगाडि जे प्रतिबद्धता जाहेर गरेका थिए आज त्यो प्रतिबद्धता नै खुइलिइसकेको छ । जसले गर्दा पार्टी बिशेष र तिनका नेताहरु शासक तथा आम नेपाली जनता शासित भएर हिजोकै यथास्थितिलाई नयाँ कलेबरमा झेल्नु ब्यहोर्नु परिरहेको आजको यथार्थ छ ।
वास्तवमा आफ्नो देशको इतिहास असल परम्पराहरु र घटनाक्रमहरुबाट सही शिक्षा लिनु नसक्दा र तिनलाई बाह्य असल कुरासँग जोड्ने राष्ट्रिय अन्तर्राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्न नसक्दा यस्तो स्थिति बिकसित हुदै आएको प्रष्टै देखिन्छ । हामीले आफैले भगबानको कल्की भिराइदिएका महात्मा गौतम बुद्धबाट के सिक्यौ जसले रुढ र समाज बिकासको लागि ब्यवधान खडा गर्ने असान्दर्भिक मान्यतालाई चुनौति दिएर आजभन्दा २५०० बर्षभन्दा अगाडि जुन शिक्षा दिएका थिए त्यसलाई हामीले हाम्रो राष्ट्रियताको आधार बनाउन सकेनौ । सोचौ त २५०० बर्ष अगाडि संसारका आजका बिकसित देशहरुको अबस्था कस्तो थियो र नेपालमा जन्मिएका एक महान सपूतले बिश्वलाई कस्तो सन्देश दिइरहेका थिए । कागज र छापाखाना पनि नभएको त्यस बेला ताडपत्रमा प्राकृतिक मसीले नै लेख्नुपर्ने जमानामा बुद्धले जुन बाटो देखाए के त्यसलाई हामीले आत्मसात गर्न सक्यौ अरनिकोले जुन ख्याति नेपालबाट गएर चीनमा कमाए त्यसलाई हामीले अबलम्बन गर्न सक्यौ भृकुटीले जसरी नेपालको सार्वभौमिकता र राष्ट्रिय एक्तालाई जोगाउन अर्कै देश र अर्कै सँस्कृतिका राजासँग पनि बैबाहिक सम्वन्धमा गाँसिएर घुलमिल गरेर बसिन् त्यसलाई बुझ्न सक्यौं अनि योगमायाले बाल बिवाह बिरुद्ध बिधुवा बिवाहका लागि जल समाधी लिएको कुराालाई आत्मसात गर्न सिक्यौ कदापि सिकेनौ र बिल्कुलै गर्न सकेनौ । हाम्रा राष्ट्रिय गौरबका आधारहरुलाई हामीले चिन्न बुझ्न र अघि बढाउन सकेनौ र त्यसो गर्न एकदमै सिकेनौ । यी केही उदाहरण मात्र हुन् । गोर्खा राज्य बिस्तार गर्ने क्रममा पृथ्वीनारायण शाहले बिशे नगर्चीबाट लिएको शिक्षा हामीले पछुऔं अँह कत्ति पनि त्यतातिर ध्यान दिएनौ । उनले काठमाण्डै उपत्यकामाथि १७ पटक हमला गर्नु परेको थियो । १६ पटक सम्म त उनले पराजय नै भोग्नु परेको थियो । उपत्यकामा हमला गर्न आउँदा आफ्ना असल सेनापतिहरु समेत मारिए र लखेटिएका पृथ्वी नरायण शाहले भोकै तिर्खै भाग्दै जाँदा एकजना तामाङ्ग परिवारका खाना पकाई मागेका थिए । तामाङ्ग परिवारसँग ढिडो बनाउने पीठो बाहेक केही थिएन । भोके आएका अतिथिलाई ढिडो पकाएर दिए पछि भोकले चुर भएका पृथ्वी नारायण शाहले ढिडोका बिचैमा हात हालेर खान लाग्दा उनको हात ढिडोले पोल्यो। ुआत्थाु भनेर उनी चिच्याए । अनि तामाङनी बुढीले कस्तो पृथ्वीनारायण शाह जस्तो ढंग नभएको मान्छे रहेछ वरिपरीको खाँदै जानुपर्छ अनि बिचको पनि सेलाउँदै जान्छ अनि पो खान सजिलो हुन्छ त भनेर दिएको अर्तिबाट उनले सिके र उपत्यका सर गरेको कथाबाट पनि हामीले सिक्ने कुरा छन् ।
तर हामीले जंगबहादुर शैली मात्र सिक्यौ । बाहुबलको भरमा हाहाहुहुकाटमार गरेर सत्ताको कुसर्ीमा पुग्ने र मोजमस्ती गर्ने ठेक्का पट्टा कमिशनको लागि लड्नभिड्न तयार हुने पद पैसा र प्रतिष्ठा नै त्यसैबाट आर्जन गर्ने र समाजको हुँदोखाँदो मान्छे भएको स्वाँँङ गर्ने ।बिनासित्तिको तुजुक देखाउने । राष्ट्र र जनताको सम्पत्ति हिनामिना र लूट खसोट गर्न कत्ति नहिच्किचाउने । अनि यसरी आफ्नो परिवार र आसेपासेलाई सात पुस्ताको लागि कमाउने । चाहे ०७ साल को जनक्रान्ति पछिको देशको राजनीतिको कुरा गरौं चाहे २०४६ सालमा भएको दोश्रो ठूलो परिवर्तनको पछिको स्थितिलाई हेरौ चाहे पछिल्लो पटक२०६३ सालको अपूर्व परिवर्तन पछिको आजको अबस्थालाई हेरौ । मानिस र समय निश्चयनै फरक छ । तर प्रबृति र मनोबिज्ञान झन प्रवलरुपमा उही पुरानो ुसिमसिम राजाकेा पालकोु जड र यथास्थितिबादी रहेको छ । जे जस्ता सिद्धान्त र मूल्य मान्यताको दुहाई दिने गरेको भए पनि ब्यबहारले ती सबै कुराको खण्डन गरिसकेको छ र गरिरहेको छ। जो सिद्धान्त र मूल्य मान्यताको कुरा गर्दछन् ती दौडमा कत्ति टाढा छन कति । ुखोटोसिक्का चले पछि बजारबाट असल सिक्का गायब हुन्छु भन्ने अर्थशास्त्रको मान्यता जस्तै खोटो राजनीति चलेपछि सही राजनीति आज देशबाट गुम भएर कता हराएको छ कता । दिउसै बत्ती बालेर खोज्नुपर्ने अबस्था छ ।
वास्तवमा आज के राष्ट्रियता के गणतन्त्र के धर्मनिरपेक्षता के लोकतन्त्र के शान्ति र नयाँ संविधान निर्माण गर्ने कुरा सबै महत्वपूर्ण र ठोस मूल्य मान्यताका दूरगामी महत्वका कुरा केवल खोक्रा नारा र सत्तामा पुग्ने भर् याङ्ग बनाउने कुरा मात्र भएर सीमित हुदै गएका छन् । तिनको महत्व र गरीमालाई पुनस्र्थापित गर्न र जोगाउन सकेमा मात्र सही दिशामा फेरि पनि अगाडि बढ्न सकिने अबस्था सिर्जना हुन्छ । परमुखापेक्षी राजनीति र अर्थतन्त्रको गलतबाटोबाट पनि जोगिन र आत्मनिर्भर उन्नत समाजको अग्रगामी बाटोमा निरन्तर अघि बढ्न सकिने आधार समेत यसबाट बिकसित हुन्छ । तर आज जसरी देशका यूवा शक्तिलाई पंंगु बिचार शून्य र लाउने खाने कुरामा सम्पूर्ण शक्ति क्षय गर्ने किसिमको बनाउदै लगिएको छ त्यसले गर्दा मुलुकको भावी राजनीति समेत नराम्रोसँग प्रभावित हुन खतरा पैदा भइरहेको छ । यो अबस्थालाई चिर्न नसकेसम्म मुलुकले फेरि पनि सही निकास पाउँदैन र देशले सही बिकासको बाटो पनि पक्रन पाउँदैन । यो एकदमै अनुभब सिद्ध र ध्रुबसत्य कुरा नै हो । यस्तो स्थिति रहेसम्म संविधान बन्ने सुनिश्चितता पनि बिकसित हुदैन र झिनोरुपमा त्यो बिकसित भइहाले पनि त्यसले जनता र राष्ट्रका ज्वलन्त समस्यालाई सम्बोधन गर्ने प्रष्ट मार्गदर्शन त्यसले गर्छ कि गर्दैन यो अत्यन्तै महत्वपूर्ण र प्रश्न हाम्रा अगाडि तेसर्िएको छ । जनता र देशप्रति समर्पित तथा खारिएको र परिपक्क राजनीतिबिना देश र जनताको दीनहीन र रुग्ण अबस्था कुनै न कुनै रुपमा कायम रही रहने कुरा भने अझै पनि मध्यान्न दिउसोको घाम जत्तिकै छर्लङ्ग छ ।

No comments:

Post a Comment