Monday, November 28, 2011

फेरि पनि दुई चेली नियोगको शरणमा

दोहा- नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाई खुल्ला गरेपछि सो काममा आउने क्रम बढेकोले समस्याहरु पनि निकै बढेको देखिएको छ ।
४ चेलीलाई दुतावासले उद्दार गरी मुलुक फर्काएको एक साता नवित्दै २ चेली उस्तै समस्या दिएर दुतावासको शरणमा आएका छन् । गत विहिवार १७ नोभेम्वर दुई नेपाली चेली तलव नपाएको तथा मालिक्नीवाट गाली र कुटपिट सहन नसकेको गुनासो लिएर दुतावासको शरणमा आएका हुन् ।
सिक्थान-६ रुपन्देहीकी ३५ वार्षिया मनु तामाङ ३४७३९१८ र केरवानी-४ की ३० बार्षिय कला अधिकारी ३२७६९०५ एउटै घरमा घरेलु कामदारको रुपमा कार्यरत थिए । मनु तामाङ कतार आएको दश महिना भएको थियो भने कला अधिकारीको चार महिना मात्र भएको छ । पिडीत मनु तामाङको आफ्नै भाई सुब्बा तामाङले उनीहरु दुवैजनालाई घरेलु कामदारको रुपमा ७ सय कतारी रियाल तलवमा भिसा निकालिदिएका थिए । सोही घरमा सुब्बा तामाङ घरको ड्राइभरको रुपमा कार्यरत थिए । सुब्बा भने हाल छुट्टीमा नेपाल गएका छन् ।
ुभाई काम गर्ने घर राम्रो नै होला भनेर आयौं तर दुई चार महिना नवित्दै दुब्र्यवहार देखियोु पिडीत मनुले भनिन् । शुरुमा राम्रै ब्यवहार गरेको त्यसपछि चाँही गाली गर्ने कुटपिट गर्ने र खाना नदिने मालिक्नीको वहिनीको परिवारनै आएर सधैं वस्ने र वच्चा रोएपनि हेरेन भनेर तथानाम गाली गर्ने कपडा आइरन गर्दा कपडा प्वाल परेको भन्दै पैसा काट्ने कुराकानी गर्दा पनि गाली गर्ने जस्ता अमानविय ब्यवहार दर्शाएको उनले वताइन् ।
पिडीत चेली मनुको डेढ महिनाको र अर्की पिडित कला अधिकारीले आएदेखि ४ महिनाको तलव लिन वाँकी रहेको बताएका छन् । कतार आउनु अघि मनु भने घरेलु कामदारको रुपमा ओमानमा साँढे तीनवर्ष कार्यरत रहेकी थिइन ।
दुवै चेलीलाई नेपाल फिर्तीको लागि टिकटका साथै वाटो खर्चको समेत आर्थिक अभाव रहेकोले दोहास्थित विभिन्न सामाजिक संघ संस्था तथा समाजसेवीहरुमा सहयोगका लागि उनीहरुले हार्दिक अपिल गरेका छन् ।
यसअघि दुतावासको शरणमा रहेका ४ जना चेलीलाई गत साता उद्दार गरी मुलुक फर्काइएको थियो । साँखुपाटीचोक-७ पनौती काभ्रेकी अरुणा श्रेष्ठ हल्दीवारी-९ झापाकी पूजा राजवंशी थम्वलकोट-२ सिन्धुपाल्चोककी २२ वर्षिय पि्रया श्रेष्ठ र पथरी-९ मोरङ्गकी मनमाया माझीलाई उद्दार गरिएको दुतावासले जनाएको छ ।

No comments:

Post a Comment