Friday, November 11, 2011

कामदार विकल्पको खोजीमा मिडिया आर्थिक संकटमा

काठमाडौं÷पछिल्लो समयमा मिडियाको आक्रषण बढेर मिडिया खोल्ने क्रम बढिरहेको बेलामा साचालमा रहेका मिडिया धरासायी बनेका छन । मुलुकमा स्थापना भएका उद्योगले धान्न नसक्ने मिडिया भएपछि मिडिया साचालकले त्यहाँ काम गर्ने कर्मचारीलाई उनीहरुले परिश्रम गरेवापतको पारिश्रमिक दिन नसक्दा धेरै मिडियामा आन्दोलन चलेका छन । पारिश्रमिक नपाएर काम गर्ने कर्मचारीहरु आन्दोलित हुने मिडियाहरुमा राष्ट्रिय स्तरमा नाम कमाएका नै देखिन्छन । ती मिडियाहरुले काम गरेको चार महिना वित्दासम्म पनि पारिश्रमिक नदिएपछि आन्दोलन गर्न बाध्य भएको कर्मचारीहरु ब्ाताउछन । राष्ट्रिय स्तरमा नाम कमाएको र मुलुकमै पहिलो समाचार च्यानल भनेर आफुलाई चिनाउने एभिन्युज टेलिभिजनमा हिन्दु धर्मालम्वीहरुको दोस्रो ठुलो चाड तिहारमा काम गरेको पारिश्रमिक नपाएको भन्दै कर्मचारीहरुले काम गर्न छोड्ेर धर्ना समेत बसे । जसका कारण त्यष्स टेलिभिजनको व्रण्डेड कार्यक्रम तीन दिनसम्म स्थगित भयो । तिनदिनसम्म पुरानो कार्यक्रम बजाइएको थियो । त्यतिगर्दापनि सबैको पारिश्रमिक व्यवस्थापनले उपलव्ध गराउन नसक्दा केहि पत्रकारहरुले त्यहाँबाट हात धोएका छन । त्यस्तै अर्को नाम चलेको राष्ट्रिय दैनिक नयाँ पत्रिकामा पिन
पारिश्रमिक कै विषयलाई लिएर आन्दोलन चलिरहेको छ । चार महिनादेखि तलव नपाएपछि केहि पत्रकार त्यहाँबाट बाहिरिएका छन । बाहिरिनेमा युग पाठक र संगित श्रोता रहेका छन । त्यहाँको आन्दोलन अझै नरोकिएको पत्रकारहरुले जानकारी दिएका छन । यता राजधानी दैनिकमा सस्पादकीय टिमले समाचारमा राजनीतिकरण गरी अनावस्यक आरोप लगाएको भन्दै कांग्रेस विटमा रिपोर्टिङ गरिरहेका पत्रकार मधुसुधन भट्टराईले हात धोएका छन । त्यस्तै त्यहाबाट प्रशासन तथा लेखा प्रमुख दिपक पुडासैनी पनि बाहिरिएका छन । उता माओवादी निकट भनेर चिनिएको एवीसी टेलिभिजन छोडेर ध्रमेन्द्र सापकोटा माउन्टेन टेलिभिजन छिरेका छन । उनलाई त्यहाँ महाप्रवन्धकको जिम्मेवारी मिलेको श्रोतले बताएको छ । माओवादी निकट मानिने सापकोटा त्यहाँ पुगेर कार्यकारी भएपछि एविसीबाट गणेश पाण्डेलाई माउन्टेनमा पुर् याएका छन । पाण्डेले फेरी आफ्नो बलमा काठमाण्डौमा पत्रकारिता गर्न नसकि जिल्ला फर्किएका गणेश आचार्यलाई बोलाएर सो टेलिभिजनमा समावेश गराएका छन । यससंगै माउन्टेन टेलिभिजनमा लोकतान्त्रिक आस्ता राख्ने पत्रकारलाई खेद्ने रणनिति तय भएको त्यहाँ कार्यरत एक पत्रकारले जानकारी दिए ।
अग्रवाल दोधारमा
कान्तिपुर टेलिभिजन छाडेर न्युज २४ टेलिभिजनमा पुगेका गणेश अग्रवाल त्यहाँ पनि छाडेर अहिले खाली भएका छन । नयाँ टेलिभिजन र पत्रिका पाएमा लगडानी गर्ने सोचमा रहेका अग्रवाल उपयुक्त स्थान नपाएर दोधारमा
रहेको उनी निकटहरुले बताउछन । आफु निकटका हरुसंग सल्लाह लिदा कसैले टेलिभिजन त कसैले पत्रिकामा लगानी गर्ने सुधुाव दिएपछि उनी देधारमा परेका हुन । मिडियाको नसाले छोएकाले त्यो क्षेत्र त्याग्न नसक्ने तर कसरी अगाडि बढ्ने योजना नभएपछि उनी दोधारमा
परेका हुन ।
रेडियो नेपाल्ामा पुनः शुक्ल्ा
काठमाडौं । रेडियो नेपाल्ा विकास समितिको कार्यकारी निर्देशकमा पुनः दुई वर्षका ल्ाागि तपनाथ शुक्ल्ााल्ााई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकल्ो चार वर्षदेखि रेडियो नेपाल्ाको कार्यकारी निर्देशक रहेका शुक्ल्ाल्ााई पुनः दुई वर्षका ल्ाागि म्याद थप गरेको छ ।

No comments:

Post a Comment