Thursday, October 20, 2011

मन्त्रीले घूस दिएको ८ लाख कहाँ पुग्यो

मन्त्रीले घूस दिएको ८ लाख कहाँ पुग्यो
काठमाडौं । हिन्दू युवा संघका अध्यÔ काशीराम तिवारीको हत्यामा संलग्न रहेको भन्ने आरोप लागेका भूमिसुधार मन्त्री प्रभु साहलाई माओवादीले सरकारबाट फिर्ता बोलाएको छ । विपÔी दल लगायत बिभिन्न मानवअधिकारवादी संघसंस्थाबाट व्यापक दबाव बढेपछि साहलाई फिर्ता बोलाउन माओवादी बाध्य भएको हो । शान्ति र संविधान निर्माण प्रकृयामा अवरोध नआओस् भनेर मन्त्री साहलाई फिर्ता बोलाएपनि हत्यामा संलग्न रहेको भन्ने आरोपको चािहं माओवादीले खण्डन गर्दै आएको छ । तर मन्त्री साहलाई हत्यामा संलग्न रहेको आरोप मात्रै लागेन आरोपबाट मुक्त हुन तिवारीका परिवारलाई ८ लाख रुपैंया घूस दिएको पिडित परिवारले दावी गरेको छ । तिवारीका परिवारले ८ लाख रुपैंयाको बिटा नै देखाएर भूमिसुधार मन्त्रालयका सहसचिव नागेन्द्र ´ाबाट घूस प्राप्त भएको बताएको छ । ुहत्यारा को हो भन्ने आफूहरुलाई थाहा नभएको भन्नु सरकारले अरु सहयोग जे जे मागे पनि दिन्छ भनेर ८ लाख रुपैंया थमाएु मृतक काशीरामकी पत्नी वविताले भन्नुभयो । तर सहसचिव ´ाले भने आफूले पैसा दिएको भन्ने कुरा ´ूट भएको बताउनुभयो ।

के गरियो त्यो पैसा
सहसचिव ´ाले अस्वीकार गरेपनि परिवारजनले पत्रकार सामु पैसाको बिटा नै देखाएका छन् । ुहामीले प्रमाणको रुपमा पैसा लिएका हौं र मन्त्रीको कर्तुत सार्वजनिक पनि गरिसकेका छौंु मृतक काशीरामका दाजु प्रयागले भन्नुभयो-ुयसबारे हामीले अख्तियारलाई पनि जानकारी गराउने तयारी गर्दैछौं अहिले कानुनी प्रकृयामा छौं ।ु आठ लाख रुपैंयाको बिटा आफूहरुसंगै सुरिÔत रहेको पनि प्रयागले बताउनुभयो । तर कानुनले घूस दिने र लिने दुवैलाई दोÈी ठान्छ । घूस लिएर तपाईंहरुले पनि त गल्ती गर्नुभयो नि भन्ने प्रश्नमा प्रयागले भन्नुभयो-ुहामीले घूस भनेर लिएका हैनौं घटनालाई ढाकछोप गर्न मन्त्रीले गरेको कर्तूत सार्बजनिक गर्नकै लागि प्रमाणको रुपमा लिएका हौं ।ु

No comments:

Post a Comment