Sunday, October 9, 2011

माओवादी अध्यक्ष दाहालका पिता मुक्तिरामको निधन

माओवादी अध्यक्ष दाहालका पिता मुक्तिरामको निधन
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालका पिता मुक्तिराम दाहालको गएराति निधन भएको छ। पचासी वर्षीय दाहालको भरतपुरको वैंदिक नगरस्थित आफ्नै निवासमा गएराति साढे १० बजे निधन भएको हो। उहाँले केही समय अघि पिसाबसम्बन्धी समस्याको झन्डै दुई महिना काठमाडाँैको जनमैत्री अस्पताल र अन्नपूर्ण अस्पतालमा उपचार गराउनु भएको थियो। विगत एक हप्ता अघिदेखि दाहाल भरतपुरको वैंदिक नगरस्थित आफ्नै निवास हुनुहुन्थ्यो। अध्यक्ष दाहालले बिहान दिवङ्गत पिताको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको छ। उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका पवित्र तीर्थस्थल देवघाट लगिने तयारी भइरहेको ज्वाई ऋषि पौडेलले बताउनुभयो।
दाहसंस्कारका लागि दाहालका परिवारजन अहिले बिहान चितवन आइपुग्नुभएको छ। दिवङ्गत दाहालका दुई छोरा र पाँच छोरी छन्।

No comments:

Post a Comment