Thursday, October 13, 2011

मुख्य सचिवले कानुनका कर्मचारीलाई पारे मारमा

मुख्य सचिवले कानुनका कर्मचारीलाई पारे मारमा


काठमाडौं÷हरेक बर्ष भाद्र महिनामा हुने कानुन सेवाका कर्मचारीको पदोन्नती यस बर्ष प्रकि्रया रोकिएको छ । तीन महिना देखि कानुन मन्त्रालय सचिव विहिन हुदा कर्मचारीको बढुवा प्रकि्रया
रोकिएको हो । मन्त्रालयका सचिव माधव पौडेलले उमेर हदका कारण तीन महिना अगाडि अनिवार्य अवकास लिएपछि मन्त्रालय सचिव विहिन बनेको हो । त्यसैगरी कानुन सुधार आयोगका मोहन बाजाडेले समेत आफ्नो पदबाट राजीनामा दिएपछि मन्त्रालयका महत्वपूर्ण कार्यहरु रोकिन पुगेका छन । अधिकृतदेखि उप सचिव लगायतको बढुवा प्रकि्रया त
रोकियो नै मन्त्रालयको दुई स्थानको सचिव पद समेत यति लामो समय खाली रहदा मुख्य सचिव माधव घिमिरे वेखर जस्तै छन । उनकै असक्षमताका कारण कानुन मन्त्रालय सचिव विहिन बन्न पुगेको एक सहसचिवले बताए । मुख्य सचिव घिमिरेले न्याय सेवा आयोग मार्फत हालका कानुन सक सचिव भेषराज शर्मा र राजेन्द्र किशोर क्षेत्रीलाई वरिष्ठता र कार्य सम्पादनका आधारमा सचिवका लागि मन्त्रीपरिसदको बैठकमा सिफारिस गरिसक्नु पर्ने अवस्थामा घिमिरेले नै केहि चासो नदेखाएपछि मन्त्रालयले सचिव नपाएको ती सहसचिवको तर्क छ । हाल कानुन मन्त्रालय अन्र्तगत
रहेका सचिवद्वय प्रमोद कार्की त्रिलोचन उप्रेती मध्ये
एकको संयोजकत्वमा कानुन कर्मचारी शाखा अधिकृत उपसचिव लगायतको पदोन्नती प्रकि्रया अगाडि बढाउन निर्देशन दिनुको साटो मुख्य सचिव नै कानमा तेल हालेर बसेपछि हामी अधिकृतले के गर्ने एक अधिकृतले नाम प्रकाशित नगर्ने सर्तमा अभियान टाइम्स साप्ताहिक संग गुनासो पोखे । कानुन मन्त्रालयमा लामो समयदेखि सचिव विहिन गराउन मुख्य सचिव दोषी रहेको प्रष्टै छ । सम्वन्धका आधारमा कसैलाई पल्टाउन र कसैलाई उचाल्न मुख्य सचिव निदाएजस्तो गरेको जानकारहरु बताउछन । हाल कानुन मन्त्रालयमा निमित्त सचिवको जिम्मा लिदै आएका राजुमानिसंह मल्ल रहेपनि सचिव नहुदा मन्त्रालयका नितिगत निर्णय लिन गाह्रो पर्ने गरेको बुझिएको छ । हाल रहेका दुई सचिव कार्की र उप्रेतीलाई पाछाएर कानुन मन्त्रालयको महत्वपूर्ण स्थानमा कनिष्ठ सहसचिवलाई निमित्त भन्दै मन्त्रालय नै जिम्मा लगाउदा सम्पूर्ण मन्त्रालयका कर्मचारी रुष्ट बनेका छन ।
पाँच सहसचिवको सरुवा
काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकल्ो विभिन्न मन्त्राल्ाय र निकायमा गरी पाँच सहसचिवको सरुवा गरेको छ । साचार मन्त्राल्ायका सहसचिव नारायण रेग्मी र महेन्द्र गुरागाईंल्ााई संस्कृति मन्त्राल्ाय र ल्ााेकसेवा आयोगमा सरुवा गरिएको छ । साचार मन्त्राल्ायमा उनीहरुको ठाउँमा ल्ााेकसेवा आयोगका सुशील्ा ओझा र योजना आयोगका ल्ाक्ष्मण पोखरेल्ा सरुवा भएका छन्ा् । त्यसैगरी अर्थमन्त्राल्ायको राजस्व परामर्श समितिका सहसचिव महेन्द्रमान गुरुङल्ााई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल्ायमा सरुवा
गरिएको छ



श्रममा मन्त्री नहुदा सचिव दङ्ग


काठमाडौं÷ बर्तमान सरकारको नेतृत्वधारी पार्टी एकिकृत नेकपा माओवादी
आन्तरीक किचलोमा फस्दा मन्त्री नियुक्त हुन नसकेपछि त्यसको प्रत्यक्ष फाईदा श्रम मन्त्रालयमा सचिव डा। रामहरी अर्यालले लिएका छन । बढि मालदार मानिने श्रम मन्त्रालयमा मन्त्री छनोट गर्न नसकेपछि मन्त्रीले खाने रकमको पाइप लाइन नै सचिवतिर खनिएको हो । उनले नायव सुव्वा देखि बैदेशिक रोजगार विभाग यातायात व्यवस्था विभाग तथा अन्र्तगतका विभिन्न अाचल कार्यालय लगायतमा कतै हप्तामा कतै महिनामा एकोहोरो पैसा सोहोरेको श्रोतले बतायो । बैदेशिक रोजगार विभागका महानिर्देशक नरेन्द्रराज शर्मा देखि यायातात व्यवस्था विभागको सवारी प्रदुशण चेकजाच शाखाका दिपक देवकोटासंग समेत व्यक्तिगत सम्पर्क गरी रकम लिने गरेको त्यहाँका एक कर्मचारीले जानकारी दिए । विज्ञान मन्त्रालयमा छदा रहदा समेत मन्त्रीलाई वास्ता नगर्ने सचिव मन्त्री नै नभएको मन्त्रालयमा एक छत्र लुट
मच्चाएका हुन । एमाले अध्यक्ष झलनाथ
खनाल प्रधानमन्त्री भएको समयमा सोही सरकारका उपप्रधान एवं परराष्ट मन्त्री उपेन्द्र यादवलाई केहि रकम बुझाएर श्रम मन्त्री मोहम्मद इत्तेहयाक राईको आखा छली मन्त्रालय प्रवेश गरेका थिए । त्यसो त श्रम सचिव पाए लगत्तै राईलाई समेत खुसी पार्न भ्याएका सचिव अर्यालले यतिवेला मन्त्रालयका कर्मचारीलाई आफ्नो प्रभाव देखाउदै गर्दै एकलौटी रकम कुम्ल्याएका छन ।

No comments:

Post a Comment