Thursday, October 13, 2011

अन्यौलताको कारक माओवादी मधुसुधन भट्टराई

देशको राजनितिक अन्यौलता चरम उत्कर्षमा छ । मंसिर १४ सम्ममा त्यो अन्यौलताले एक खालको निकास पाउने र शान्ति प्रकि्रयालाई सार्थक निश्कर्षमा पुर् याई संबिधान निर्माणको कामलाई पनि तिब्रता दिने बिषयमा दलहरुले सहमति गरे पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकेका छैनन् । दलहरुबीचको अबिश्वास कम हुन नसक्नु र प्रमुख दलहरुमा आन्तरिक समस्या पनि देखिनुले शान्ति र संबिधान निर्माणको सहमति कार्यान्वयन गर्न समस्या परेको हो । परिस्थीति अहिले पनि त्यस्तै छ र मंसिर १४ आउन दुई महिना केहि दिन बाँकी रहेपनि शान्ति र संविधान सम्वन्धि कुनै काम भईरहेको देखिदैन । यसले १४ मा राजनीतिक दलहरुले नेपाली जनताले दिएको म्याण्डेड अनुसारको कार्यभार पुरा गरी जनतालाई खुसी पार्ने छाट देखिदैन ।
जनताको चाहना शान्ति र संबिधान हो । संबिधानसभाको निर्वाचनमा माओवादी प्रति जनताले देखाएको समर्थनको प्रमुख कारण शान्तिप्रकि्रयाको हिस्सेदार माओवादीले नै यसलाई टुङ्ग्याउँछ भन्ने हो । सेना हतियार युद्धका लागि प्रशिक्षित कार्यकर्ता आमुल परिवर्तनको पक्षधर मानिने शक्तिका रुपमा माओवादी रहेका कारण सत्ताको बागडोर उसैको हातमा सुम्पिदा शान्ति प्रकि्रयाले निश्कर्ष पाउछ भन्ने मतदाताले अडकल काटेका थिए । उनीहरुको अडकल नाजायज भन्न मिल्दैन । युद्धबाट पिडित मतदाताहरुले माओवादी शान्ति प्रकि्रयाको हिस्सेदार बनोस र निर्णायक तहमा नै रहोस भन्ने चाहे । मतदाताको चाहनालाई माओवादीले बुझ्न सके नसकेको उसको व्यवहारले प्रष्टयाएको छ ।
शान्तिप्रकि्रयामा निर्णयक शाक्ति मानिएको र निर्णयक भूमिका खेल्ने अपेक्षा गरिएको माओवादी भित्र शान्ति प्रकि्रयाका वारेमा नै एक मत हुन नसक्नु अहिलेको प्रमुख समस्या हो । १२ बुँदे सहमति मार्फत शान्ति प्रकि्रयामा प्रबेश गरेको माओवादी अब त्यो सहमतिको सारलाई छाडेर पछाडी फर्कने सम्भावना देखिदैन । त्यस पछी भएका थुप्रै सहमतिमा पनि माओवादीले हस्ताक्षर गरेको छ । सहमतिलाई नाघेर जाने सम्भावना छैन र जान पनि सक्दैन । तर पनि आफैले हस्ताक्षर गरेका सहमतिका दस्ताबेजहरुको निश्कर्षका आधारमा माओवादीले शान्ति प्रकि्रयाका बारेमा पार्टी भित्र एकमत बनाउन नसक्नु उसको कमजोरी हो । माओवादीले सहमतिका बुँदालाई ढिलै भएपनि स्वीकार्ने बाद्ययता आउने छ । कम्युनिष्ट जडता बिश्वबाटै उखेलिदै गरेको परिस्थीति र हतियारवाट सत्ता कब्जाको सम्भाबना नभएको चुनवाङ् बैठकको निश्कर्ष पछी मात्रै माओवादी शान्तिप्रकि्रयामा आउन राजी भएको हो । यी दुईवटा निश्कर्ष माओवादीले पुनरबिचार गरी त्यहि धारणामा फर्कन सम्भब पनि छैन उ तयार हुदैन पनि । यस्तो अबस्थामा माओवादी भित्र शान्तिप्रकि्रयाका बारेमा एकमत हुन जरुरी छ । यसमा ढिलाइ भए माओवादीलाई त हुन्छ नै राष्ट्रलाई पनि क्षति हुने पक्का छ । आफ्नो क्षतिलाई बुझ्न नसक्नु माओवादी भित्रको अर्को समस्या हो । ठूलो दल बनाउदा पनि शान्तिप्रकि्रयाको नेतृत्व गर्न सकेन भनेर माओवादी प्रति जनताको अबिश्वास बढ्दो छ । यो उसका लागि सबै भन्दा ठूलो क्षति हो । त्यसै गरी सेना समायोजनका सन्दर्भमा भएको ढिलाईले माओवादी नेतृत्व प्रति ति सेनाहरुको बिश्वास घट्दै जानसक्ने सम्भावना छ । केहिले त त्यो कुरा सार्वजनिक रुपमा बोली पनि सकेका छन । अयोग्य भनेर शिबिरबाट निकालीएका लडाकुहरुले नेतृत्वलाई चुनौति दिन थालेका समाचारहरु दिन प्रतिदिन बढिरहेका छन् । शिबिरभित्रका लडाकुहरुले आफहरुलाई बन्धक बनाएर नेतृत्वले सौदावाजी गरिरहेको भन्दै नेतृत्वलाई सचेत बन्न आग्रह सचेत गरेका छन । अर्कोतिर सत्ताको नेतृत्व गर्दा वा सत्तामा सहभागि हुँदा पनि आमुल परिवर्तनका मुद्दाहरुलाई उठाउन नसकेको आरोप पनि माओवादीलाई लागिरहेको छ । यस्ता विषयबस्तुले उसप्रतिको बिश्वास र अपेक्षाको पारो घट्दै जान थालेको छ ।
माओवादीले आफ्नो चाखर्ँ बाचर्य राख्न र जनताको बिश्वास जित्न आँटिलो निर्णय गर्नुपर्ने हुन्छ । अन्यथा क्षयीकरण तर्फ सुरु भएको उसको यात्राले निरन्तरता पाउने छ । देशको सुन्दर भबिश्य निर्माणको आधार मानिएको शान्तिप्रकि्रया अलपत्र पर्ने छ । अन्य राजनीतिक दलहरुले आँटिलो निर्णय गरेर अगाडी आउन माओवादी अध्यक्ष प्रचण्डलाई सुझाइ रहेका छन । निर्णय गर्न अलमल ह

No comments:

Post a Comment