Thursday, October 13, 2011

व्यवहारको आधारमा नै राजनीति हुनु पर्छ - -शोभाकर पराजुली

माओावादीहरुको व्यवहारले लोकतन्त्रको मर्मलाई आत्मसात गर्न सकिरहेको छैन । दलका नेता प्रधानमन्त्री हुंदा समेत एक भएर देश र जनताको लागि जति सकिन्छ दिन खोज्ने सोच माओवादीहरुका केही दिग्गजहरुमा देखिएन । सायद उनीहरु मध्ये नै प्रधानमन्त्री भएको भए पनि बाबुरामहरुले त्यसै गर्दथे कि माओवादी नेताहरुले बहुदलिय व्यवस्था मान्ने भने पनि पहिला देखि नै भन्दै आएको अमृुक दललाई प्रतिवन्धित गर्ने भन्ने कुरा सच्याएका छैनन् । उनीहरु प्रतिवन्ध्ाित गर्न पनि आंफूहरु नै बिशेष अधिकारी भएको बताउंछन् । जनताले मत नदिए पछि अहिले बिलाएका दल जस्तै जनबिरोधी दलहरु बिलाउंदछन् भन्न्ो मान्न तयार छैनन् ।
कस्त्ाा दलहरुलाई प्रतिवन्ध लगाउने वा नलगाउने भन्ने तय आंफूहरुल्ो गर्ने कार्यले लोकतन्त्र मान्दैन । यो लोकतन्त्रको मर्म विपरित छ । आँफुलाई मात्र राष्ट्रबादी जनताका हित चिन्तक बिकासवादी आदि भन्नु जनतालाई अरुलाई छान्न पाउंदैनौ भन्नु हो । निषेधको राजनीति नै बिकास र जनताको हितको बाधक पनि हो । चोर डाँका ज्यानमारा जालीफटाहरुले पनि आफ्नो कार्यलाई ठिक भने पनि त्यसलाई हामी मान्न सक्दैनौं । यो त निस्पक्ष रुप्ामा अरुले हेर्ने हो र त्यो अधिकार सुरक्षित गर्नु भनेको आंफू इमान्दार भए नभएको पारख गर्ने अधिकार अरुल्ााई दिनु हो । माओवादीहरु भने आफ्नो र अरुको पनि जांच आंफैले लिने र सवैको जाँच पनि आँफैले गर्ने कुरा गरिरहेका छन् । यो हास्यास्पद हो ।
शान्तिको कुरा जति गरे पनि देशमा अशान्तिको बिजारोपण माओवादीहरु बाटै भएको हो । यो जनजनले बुझेको बिषय हो । अहिले पनि माओवादीको अर्धस्ौनिक दस्ता शान्तिको दुस्मन वनेर नै रहेकोमा राजनीतिक आधारमा दादागिरी र अपराध हुन नदिने प्रधानमन्त्री बाबुराम भट्टराईको भनाई पुरा हुन गाह्रो छ वा यो प्रधानम्ान्त्रीको औपचारिकता मात्र हो । माओवादीहरुको लागि कानुनको उलँघन मानिसलाई दुख दिनु संपत्ति कमाउन विभिन्न गैह्रकानुनी कार्य गर्नु सामान्य भएको छ । अहिले गोर्खामा एउटा कार्यक्रमको लागि भनेर जवर्जस्ती चन्दा उठाउने कार्य भइरहेको सुनिदैछ । नयां जोगील्ााई बढी खरानी घस्न पर्ने हुंदा बढी चन्दा आतंक मच्च्ााउनेमा पनि राम र काजीहरुको आफ्नै लहडले काम गरेकेा होला । प्रधानमन्त्रीले इच्छा लागेकाहरुल्ो दलको कार्यालयमा आएर चन्दा दिन आग्रह गर्ने ब्यवस्था गर्न सक्नु हुन्छ अरु दल भन्दा माओवादीको अवस्था फरक भएकोले पनि यो भन्न परेको हो ।
संपत्ति लुट्ने जनतालाई त्रसित पार्ने माओवादीहरु अहिले संपत्ति फिर्ताको कुरा पनि गरेका छन् । यो राम्रो हो तर बैद्यहरु त्यसको पक्षमा छैनन् । कुनै भूमिसुधार चाहियो अरे लोकतन्त्रवादीले चाहेको पनि बैद्यको जस्तै हो । लुटलाई दिन चर्या नवनाउनु होस् । आंफूसंग असहमत हुनेहरुलाई गरीव्ा भए पनि सामन्त भनेर उनीहरुको सम्पत्ति नलुट्नु होस् भन्ने जनताको चाहना हो । कानुन बनाएर क्रान्तिकारी वा महाक्रान्तिकारी जे नामको भूमिसुधार भन्ने ल्याए पनि हुन्छ । तर संपत्ति जफत भए कानुनको आधारमा नै हुनु पर्दछ । भूमिसुधार ल्याएर प्रतिब्यक्ति दश कठ्ठा वा पांच रोपनीको हदबन्दी बनाए पनि केही छैन । तर कानुन बिपरित हडप्ने र लुट्ने कार्य रोकनु होस् भन्ने संविधान र कानुन मान्नेहरुको हो र कानुनको राज्य हुनु पर्दछ भन्नेहरुको हो । तर कानुन पनि नवनाउने संपत्ति पनि लुट्ने गर्न पाइदैन । यो कार्य त लुट हो र आफ्नो दलमा आए फिर्ता आफ्ना दलकाले बेच बिखन र कमिसन पाए फिर्ता भन्ने नै हो ।
माओवादीहरु मैना सुनुवारको कुरा गर्दछन् । त्यो उठाउनु ठिक हो तर माओवादीहरुल्ो भने हजारौ मैना सुनुवारहरुल्ााई बरवाद गरेको कस्ले देख्ने बलात्कार हत्या बिश्थापन लुट अपांग जस्ता धेरै अपराधको वारेमा पनि माओवादीहरु साधु भएर सत्य बोल्नु पर् यो । माओवादीबाट हामीहरुका दिदी बहिनी दाज्यु भाइहरुप्रति भएको ज्यादतिको कार्यवाहीको हुनु पर्दछ । माओवादीहरु आफ्ना दलमा लागेका अपराधीलाई संरक्षण दिने अपराधीलाई पदोन्नती गर्ने वसमा वम हानेर मार्नेहरुलाई सजाय गर्न सहयोग नगर्ने कार्य गरिरहेका छन् । सत्य निरुपण र शान्ति संग संवन्धित आयोग अहिलेसम्म पनि बनेन । सवैले न्याय पाउनु पर्दछ भन्ने आशा अहिले पनि संकाको घेरामा छ । पिडित र पिडितका परिवारको हितलाई सवैले ख्याल गर्दै सवैले अव देशमा वास्तविक शान्ति चाहाने हो भने अन्याय र अपराधलाई अन्याय र अपराध भन्ने मात्र होइन सजायको दायरामा पनि ल्याउन सक्नु पर्दछ । यो पहिलो आवस्यकता पुरा नगरी अरु ठुला ठुला कुरा मात्र गरेर के हुन्छ ठुला कुरा कितावमा नै छन् कसैले भनिरहनु पर्दैन । हुनत आफ्नो दलवाट नै मन्त्री पुरा गर्न नसकेका र पदको लागि मन्त्रालय फोर्न तयार भएका प्रधानमन्त्री र माओवादी नेताहरुबाट जनताले पदको लोभ बाहेक के सोच्न सक्ने हुन् र तैपनि देखिएका कुराबाट जनता सकेसम्म सजग त हुनै पर्दछ ।
माओवादीहरुले पश्चिमा जलविद्युत आयोजनाको कार्य रोक्न भनेकामा कमिसन पाए पछि सुचारु भएको सुनिएकोमा यसले जनतालाई बिद्युत प्रयोग गर्न महंगो पर्ने प्रष्ट छ । विकास विरोधी नभएको तर भारतिय विस्तारवादको विरुद्ध रहेकोले त्यो कार्य रोक्न्ा लगाएको भनिएकोमा कमिसन मिले पछि बिस्तारवादको अन्त्य हुने राष्ट्रियता कस्तो होला भारतले सहयोग गरेर वा अन्य देशले सहयोग गरेर वा त्यस देशका नागरिकहरुले कुनै उद्योग गरेर देशको राष्ट्रिय अस्मिता खतरामा पर्ने भए भारतले देशमा सवैभन्दा बढी सहयोग गरेको छ । यसले राष्ट्रियता खतम हुन पर्ने । बरु दलको स्वार्थको लागि जे पनि भन्नेहरुका कारणले भारत र चीन जस्ता मित्र राष्ट्रहरुमा भ्रम पैदा भने हुन सक्दछ ।
सत्तामा जान जे पनि गर्ने र यो वाहेक अरु कुनै कुरामा संझौता नगर्ने र सत्ता नपाए विदेशीलाई सराप्ने माओवादी नीतिको पहिला देखि नै निन्दा भएको हो । जनताको हित गर्नु लोकतन्त्रको मुल मर्म हो सत्तामा जानु मात्र होइन । शान्ति संझौत्ाामा लोकतन्त्रको मर्म अनुसार कार्य गर्ने प्रष्ट उल्लेख भएकोमा लोकतन्त्रको मर्म विपरित न्यायपालिकालाई स्वतन्त्र हुन नदिने र कतिपय मौलिक हकहरुलाई परिवर्तनिय वनाउने माओवादी सोच र व्यवहारले माओवादीको लोकतन्त्र प्रतिको आस्था कथित हो र रणनीतिमा आधारित हो भन्ने देखाएकामा अहिलेको माओवादी सरकारले यो सोचमा परिवर्तन गर्नेछ भन्ने आशा राख्नु पर्ने हो कि अमेरिकाले माओवादीलाई आतंककारीको सूचिवाट हटाउन चाहेको छैन । यसको लागि वाइसियलका अपराधिक गतिविधी रोक्नु पर्ने कानुन आफ्नो हातमा लिने कार्य रोक्नु पर्ने तथा व्यवहारमा पनि िहंसा त्याग्न पर्ने समेतका कुरा छन् । यसमा यो सरकार सजग हुने कि नहुने माओवादीले िहंसालाई राजनीतिको माध्यम वनाएकोमा त्यस कार्यवाट माओवादी बाहिर आउनु पर्ने त अमेरिकीहरुले पहिला पनि बताएका थिए ।
माओबादीले औपचारिक रुपमा र भाषणमा कहिले कांहीं राम्रा र लोकतन्त्रमा आधारित कुरा राखे पनि लोकतन्त्रको ढाँचामा आउन सकिरहेको देखिएको छैन । शान्ति र लोकतन्त्रलाई आफ्नो लक्ष्यको वाधा देख्नु भनेकै सेना र अर्थसैन्य दस्तामा बिश्वास गर्नु हो । पूर्ण स्वतन्त्रता नै जनताको शक्ति हो भन्ने बारे लोकतन्त्र मान्ने नै हो भने माओवादीले राम्रोसंग आत्मसात गर्न सक्नु पर्दछ । देशलाई लोकतन्त्रको वाटोमा लग्ने र मिलेर समाजको हित गर्ने हो भन्ने सोच नआए सम्म भाषणले मात्र केही हुंदैन । लोकतन्त्रका संवन्धमा भन्नै पर्दछ कि पानीसंग डराएर पानीको उपयोगिता लिन सिकंदैन । लोकतन्त्र नमान्नेहरुले जनताको हितमा काम गर्न सक्दैनन् किनभने एकजना विद्धानले भनेजस्तै मुसाहरुको दौडको जीत भनेको आखिर मुसाको क्षमता भन्दा वाहिर जानु होइन ।

No comments:

Post a Comment