Saturday, October 8, 2011

पत्रकारहरुको दशैको शुभ कामना

नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव एवं नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वतमान अध्यक्ष विजय सन्तोषी राईले आज धनकुटामा पत्रकारहरुविच शुभ कामना आदन प्रदान कार्यक्रमको आयोजना गर्नु भएको छ ।विशेषगरी दशैको समयमा कामको शिलशिलाले गर्दा घर गई परिवारजनसंग दशै मान्न नपाएका पत्रकारहरुको लागी केन्द्रिय उपमहासचिव विजय सन्तोषी राईलो दशैको शुभ कामना आदन प्रदान र भेटघाट कार्यक्रमको आयोजना गर्नु भएको हो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष महोन वान्तवानेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष महोन वान्तवाप्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य रमेशचन्द्र अधिकारीप्रेस युनियनका सह सचिव विदुर खवासकोषाध्यक्ष हरी वहादुर लम्जले केन्द्रिय पार्षद पूर्ण चौधारीनेपाल पत्रकार महासंघका सदस्य अजय सन्तोषी राई लगायतका विभिन्न मिडियामा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव एवं नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वतमान अध्यक्ष विजय सन्तोषी राईले शुभ कामना व्यक्त गर्दै स्वागत गर्नु भएको थियो भने सहभागी सचारकर्मीहरुले एक आपसमा शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।

No comments:

Post a Comment